विराटनगर । नेपाल पत्रकार महासंघ कोशी प्रदेशको अध्यक्षमा उदयपुरका भरत खड्का विजयी भएका छन् । प्रेस चौतारी र प्रेस युनियनलगायतको प्यानलबाट चुनाव लडेका उनले निकटम प्रतिस्पर्धी प्रेस सेन्टरका विवेक गौतमलाई फराकिलो मतअन्तरले पराजित गरेका हुन् । १ हजार ९८ मत खसेकोमा खड्काले ६१४ मत ल्याएका थिए । उनका प्रतिस्पर्धी गौतमले ३१७ र अध्यक्षकै अर्का उम्मेद्वार सन्तवीर लामाले १२७ मत ल्याएका छन् ।
यस्तै उपाध्यक्ष खुलामा कुमोद अधिकारीले ६८० ल्याएर विजयी हुँदा अर्का प्रतिस्पर्धी शिवप्रसाद ढुङ्गानाले ३२५ मत प्राप्त गरे । उस्तै उपाध्यक्ष महिलामा अम्बिका भण्डारी, महासचिवमा हिमाकुमारी चेम्जोङ, सचिव खुलामा ध्रबु भट्टराई, सचिव समावेशीमा अरविन्द कुमार मेहता, कोषाध्यक्षमा सुदीप कोइराला निर्वाचित भएका छन् । निर्वाचित खुला सचिव ध्रुब भट्टराई बाहेक सबै प्रेस चौतारी र प्रेस युनियनको गठबन्धनबाट विजयी भएका हुन् । । भट्टराई भने यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।
यस्तै सदस्यहरुमा इन्द्र गिरी, चन्द्रबहादुर कार्की, पर्शुराम थापा, राजकुमार ओली र रामधन राई खुल्लाबाट निर्वाचित भएका छन् । महिला सदस्यहरुमा अमृता विश्वकर्मा, बिनु चेम्जोङ र बुद्धिमाया सोङ्मी निर्विरोध भएका छन् । यस्तै दलित सदस्यमा किशोर विश्वकर्मा, आदिवासी जनजाति सदस्यमा खनेन्द्रकुमार राई (अर्जुन), सदस्य मधेशीमा अविनाश कुमार निधि, आशिषकुमार यादव, अल्पसंख्याक सदस्यमा लुकमान अन्सारी विजयी भएका छन् ।
कुन जिल्लामा को निर्वाचित ?
पत्रकार महासंघ मोरङमा चौतारी– युनियनकै प्यानलबाट सुशीला पाठक अध्यक्षमा विजयी भएकी छिन् । पाठकले निकटतम प्रतिद्वन्द्वी सेन्टरका नवराज कट्टेललाई ५९ का विरुद्ध ११७ मत ल्याउँदै विजयी बनेकी हुन् । उपाध्यक्ष पदमा सन्तोष सिग्देल, महिला उपाध्यक्षमा समान मत ल्याउँदै विनु तिम्सिना र तारा आचार्य निर्वाचित भएका छन् । यस्तै सचिवमा नेत्र पी अधिकारी, समावेशी सहसचिवमा श्याम सुन्दर सुतिहार, खुला सहसचिवमा रेवतीरमण निरौला, कोषाध्यक्षमा कौशल निरौला, महिला सदस्यमा उषाकुमारी सरदार, दलित सदस्यमा तिलक नेपाली, आदिवासी जनजाति सदस्यमा विद्यानन्द चौधरी, मधेशी सदस्यमा सुनिल यादव विजयी भएका छन् । यस्तै ६ जना खुल्ला सदस्यमा अनुज सापकोटा, इश्वर दुलाल, कुमार खड्का, बाबुराम निरौला, मुकेशकुमार यादव र रोशन पोखरेल विजयी भएका छन् ।
यस्तै सुनसरीमा प्रेस चौतारी र युनियनको गठबन्धनबाट सन्तोष काफ्ले विजयी भएका छन् । निकटम प्रतिस्पर्धी गणेश निरौलालाई पराजित गर्दै काफ्ले विजयी भएका हुन् । यस्तै झापामा पनि सोही गठबन्धनका एकराज गिरी निर्वाचित भएका छन् । उनले डिकेश लामालाई पराजित गर्दै विजयी बनेका हुन् । इलाममा पनि प्रेस चौतारी–प्रेस युनियनको प्यानलबाट भीम चापागाईं निर्वाचित भएका छन् । यस्तै उदयपुरमा सोही प्यानलका भक्तिविलाश पोखरेल, धनकुटामा विदुर खवास, पाँचथरमा भीम बास्कोटा, तेह्रथुममा ठाकुर टिआर लिम्बू, ताप्लेजुङमा सुवास आचार्य, संखुवासभामा कृष्णराज शाक्य, भोजपुरमा ध्रुब सुुवेदी, सोलुखुम्बुमा सुवास दर्नाल, खोटाङमा हरिबोल आचार्य, ओखलढुंगामा पूर्णप्रसाद न्यौपाने विजयी भएका छन् ।