समाचार प्रभाव: विनाप्रतिस्पर्धा कर्मचारी नियुक्त गर्ने कोशी अस्पताललाई स्पष्टीकरण

विराटनगर । विराटनगरस्थित कोशीमा विकास समितिले विनाप्रतिस्पर्धा गुपचुपमा ९ जना चिकित्सक नियुक्त गरेको विषयमा स्वास्थ्य मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।

मिलेमतोमा विनाप्रतिस्पर्धा चिकित्सक नियुक्त गरेको र आवश्यक रहेका विभागलाई वेवास्ता गरि अनावश्यक विभागमा चिकित्सक नियुक्त गरेको विषयमा हाम्रोमत दैनिकले समाचार लेखेको थियो ।

समाचारमा उठाइएको विषयमा स्वास्थ्य मन्त्रालयले अस्पताललाई स्पष्टीकरण सोधेको हो । भदौ ११ गतेको सचिवस्तरको निर्णायमा अस्पताललाई स्पष्टीकरण सोधिएको छ । मन्त्रालयले कोशी अस्पतालकोे आवश्यक विभागमा जनशक्ति नभएको, भएको स्थानमा जनशक्ति थुपारिएको र विनाप्रतिस्पर्धा जनशक्ति भर्ना गर्नुको औचित्य के हो ? कुन कानुन बमोजिम भर्ना गरिएको हो भन्ने जवाफ पठाउन भनेको छ ।

‘सञ्चार माध्यममा कोशी अस्पतालमा वेथिति शिर्षकमा आवश्यक विभागमा चिकित्सक नभएको, भएको स्थानमा जनशक्ति थुपारिएको र विनाप्रतिस्पर्धा जनशक्ति भर्ना गरिएको समाचार आएको विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको छ’ पत्रमा भनिएको समाचार बमोजिम सत्यतथ्य के हो ? विनाप्रतिष्पर्धा चिकित्सक भर्ना गर्नुपर्ने विषयको औचित्यता के हो र कुन कानून बमोजिम भर्ना गरिएको हो खुलाई यथाशिघ्र जवाफ पठाउनुहुन यस मन्त्रालय (सचिवस्तर) को मिति २०८१।०५।११ को निर्णयानुसार अनुरोध छ ।’

भदौ २ गते कोशी अस्पताल विकास समितिले आफूखुसी ९ जना चिकित्सकलाई ठाडो नियुक्ति दिएको थियो । अस्पताल विकास समितिका अध्यक्ष डा.सिलवालको अध्यक्षतामा बसेको बैठकले मिलेमतोम ६ जना विशेषज्ञ र तीन जना मेडिकल अधिकृत नियुक्त गरेको थियो ।

अस्प्तालले नाक, कान, घाँटी रोग विशेषज्ञ डा.रौनक दाहाल, कन्सल्टेण्ड डर्माटोलोजिष्ट डा.ज्योती कार्की, पेटरोग विशेषज्ञ डा.रोहित यादव, मनोचिकित्सक डा.सविता खड्का, एनएसथेसियाहरु डा.प्रविन झा र डा.राजन राईलाई आठौं तहमा नियुक्त गरेको हो । यसैगरी मेडिकल अपिसरहरुमा डेन्टल विभागमा डा. निमिसा दास, आकस्मिक कक्षमा डा.मनोज मनिष साह र आइसियूमा डा.विशका गुरुङलाई नियुक्त गरिएको छ ।

यसअघि अस्पतालले अन्तरवार्ता लिएर प्रतिष्पर्धाबाट चिकित्सक नियुक्त गर्ने सूचना निकालेको थियो । तर, त्यो सूचनालाई खारेज गरेर अहिले गुपचुपमा अस्पताल विकास समितिले एक महिना करार अवधि दिएर नियुक्त गरेको छ । तर, उनीहरुको करार थप गर्ने आन्तरिक सहमति रहेको नियुक्ति पाएका एक चिकित्सकले बताए ।

विकास समितिमा करार नियुक्त पाएपछि लगातार जागिर खान पाइने भएकोले अस्पतालमा नेपाल सरकारको करार दरबन्दीमा रहेका ९ तहका चिकित्सकहरु डा.रौनक, डा.ज्योति र डा.रोहितले ८ तहको नियुक्ति लिएका छन् । सरकारी दरबन्दीमा सरकारले अर्को स्थायी चिकित्सक पठाउँदा जागिर जाने भएपछि उनीहरुलाई नियमित जागिर खुवाउन विकास समितिको दरबन्दीमा नियुक्ति गरिएको हो ।

अस्पतालमा विकास समितिले चार वर्ष काम गरेका चिकित्सकलाई छोडेर नेपाली काँग्रेसका नेताको दबाबमा चिकित्सक नियुक्त गरेको थियो । अस्पताल प्रशासन र विकास समितिले चार वर्षदेखि कोशीमा सेवा दिँदै आएका मानसिक रोग विशेषज्ञ डा.प्रभात चालिसेलाई पाखा लगाएर डा.सविता खड्कालाई नियुक्ति गरेको छ । उनलाई नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाको दबाबमा नियुक्त गरिएको स्रोतले जनाएको छ । चार वर्षदेखि कोशीमा कार्यरत डा.चालिसे स्वास्थ्य मन्त्रालयले स्थायी चिकित्सक पठाएपछि अस्पतालबाट बाहिरिन बाध्य भएका थिए ।

अस्पतालमा विनाप्रतिस्पर्धा चिकित्सक नियुक्त गरेको र मिलेमेतो भएको विषयमा हाम्रोमत दैनिकले समाचार प्रकाशित गरेपछि सोही समाचारलाई आधार बनाएर मन्त्रालयले स्पष्टीकरण सोधेको मन्त्रालयका सचिब डा.रोशन पोखरेले बताए । ‘हामीले चिकित्सक नियुक्ति गरेको विषयमा जवाफ पेश गर्न भनेको छौं,’ उनले भने, ‘अस्पतालले जवाफ पठाएपछि थप विषय अगाडि बढनेछ ।’

कोशी अस्पताललाई भर्तीकेन्द्र नबनाउन स्वास्थ्यमन्त्रीको निर्देशन

कोशी अस्पतालमा बेथिति : विनाप्रतिस्पर्धा नौ चिकित्सक नियुक्त

शुक्रबार, १४ भदौ, २०८१, बिहानको १०:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर