रास्वपाका मन्त्रीहरूले आज राजीनामा दिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले पनि आज राजीनामा दिने भएका छन् ।मन्त्रीहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । राजीनामा अघि प्रधानमन्त्रीसँग परामर्श गर्न नेतासहित मन्त्रीहरू बालुवाटार पुगेका हुन् ।

सरकारमा रास्वपाका तर्फबाट सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् ।

तर रास्वपाले कांग्रेस–एमाले गठबन्धन सरकारमा भने सहभागी नहुने निर्णय गरिसकेको छ ।

बिहिबार, २१ असार, २०८१, बिहानको ०९:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर