काठमाडौं । बिहीबार बेलुका बम विष्फोट हुँदा रोल्पामा चार बालबालिकाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङका अनुसार त्रिवेणी गाउँपालिका ७ गैरीगाउँमा बम बिष्फोट भएको हो ।
बालबालिकाले नचिनेर बेबारिसे अवस्थामा रहेको बम खेलाउने क्रममा विष्फोट भएको हो । टुइञ्च मोटर जस्तो बम विस्फोट भएको प्रहरीले जनाएको छ । घटनास्थलमा रोल्पाको होलेरी र जुनारबाट प्रहरी टोली गएकोले विस्तृत विवरण आइनसकेको प्रहरीको भनाइ छ ।
त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीले बाख्रा चराएर घर फर्किरहेका बालबालिका बम बिस्फोटमा परेको जानकारी दिनुभएको छ ।