माइतीघर मण्डलमा प्रसाईं र बस्नेतले कार्यक्रम गर्न नपाउने

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमालेका नेता महेश बस्नेतलाई माइतीघर मण्डलमा कार्यक्रम गर्न नपाउने भएका छन ।

दुवै पक्षलाई उक्त स्थानमा कार्यक्रम गर्न नदिने जिल्ला प्रशासन कार्यालय, काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले बताए।

पछिल्लो समय खुलमखुल्ला एकअर्कालाई चुनौती दिँदै आएका प्रसाईं र बस्नेतले मंसिर ७ गते कार्यक्रम गर्ने भएका छन ।

जिल्ला प्रशासन कार्यालयले सोमबार नै दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। छलफलमा आएमा छुट्टाछुट्टै स्थान तोकिदिने तर माइतीघर मण्डलमा कार्यक्रम गर्न भने नदिने आचार्यले बताए।

युवा संघले सरकार र अराजकतावादीविरुद्ध युवा विद्यार्थीको शक्ति प्रदर्शन र प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान भन्दै माइतीघरमै कार्यक्रम गर्ने तयारी गरेका छन्।

सोमबार, ०४ मंसिर, २०८०, दिउँसोको ०४:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर