विराटनगर । कोशी प्रदेश सरकारले तान्त्रिक अनुसन्धान केन्द्र स्थापना गर्ने भएको छ । आइतबार प्रदेशसभामा पेश भएको आगामी आर्थिक वर्ष २०८२–८३ को बजेटमार्फत प्रदेश सरकारले यस्तो योजना अगाडि बढाएको हो ।
बजेट पेश गर्दै आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले तान्त्रिक अनुसन्धान केन्द्र स्थापना गर्ने व्यवस्था मिलाएको जानकारी दिएका छन् । तान्त्रिक भनेको आध्यात्मिक उन्नति, दैवी शक्तिको आराधना, मन्त्र, यन्त्र र साधना भन्ने अर्थ लाग्दछ । त्यसको लागि प्रदेश सरकारले अनुसन्धान केन्द्र नै स्थापना गर्ने घोषणा गरेको छ ।
बजेटमा तान्त्रिकसँगै ज्षेतिष र वास्तुलाई पनि जोडिएको छ । बजेट वक्तब्यको बुँदा नं. १०९ मा यसको व्यवस्था गरिएको छ । जसमा लेखिएको छ, ‘ज्योतिष, वास्तु एवम् तान्त्रिक अध्ययन अनुसन्धान केन्द्र स्थापना गर्न आवश्यक व्यवस्था मिलाएको छु ।’
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ८७ करोड १९ लाख रूपैयाँको बजेट प्रदेशसभामा पेश गरेको छ । कुल विनियोजन बजेटमध्ये चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख अर्थात् ५२ प्रतिशत, पुँजीगततर्फ १७ अर्ब १० करोड ६५ लाख अर्थात् ४७.७ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ १० करोड अर्थात् ०.३ प्रतिशत रहेको छ ।
गलत हेडलाइन राखेर न्युज नबनाऔं