पेट्रोल भनेर पानी बेचेपछि …

विराटनगर । विराटनगर–३ आयल निगमस्थित कोशी आयल एण्ड ट्रेड सेन्टरले पेट्रोलमा पानी मिसाएर बिक्री गरेको पाइएको छ ।

शुक्रबार विराटनगर–२ स्थित विराट नर्सिङ होेमका चिकित्सक डा. रजनिश झा धरानबाट विराटनगर फर्किने क्रममा आयल निगमस्थित कोशी आयलमा आफ्नो कारको ट्याङ्की फुल हुने गरि पेट्रोल हाले । पेट्रोल हालेर निस्किएपछि पिपल चौक नपुग्दै गाडी बन्द भयो । गाडी टोचन गराएर बरगाछीस्थित एक ग्यारेजमा पु¥याए । ग्यारेजको मेकानिकले गाडीको ट्याङ्की खोलेर हेरेपछि गाडीमा ४ भागको ३ भाग पेट्रोल र १ भाग पानी निस्कियो ।

यस्तै घटना बिहीबार विराटनगर–१ निवासी युकेश गुप्तासँग भयो । दिउँसो पेट्रोल पम्पमा तेल हालेर उनी तिनपैनी चौक जानका लागि हिडे । भट्टाचौक नपुग्दै उनको गाडी बन्द भयो । पछि ग्यारेज लगेपछि उनको गाडीको ट्याङ्कीबाट पनि पानी निस्कियो । यसअघि पनि आयल निगमस्थित सो पेट्रोल पम्पमा पेट्रोल हालेका अधिकांश ग्राहकहरुपेट्रोल भनेर किन पानी बेचेको भन्दै बिहीबार नै गुनासो गरेका थिए । तर, पम्प ग्राहकको गुनासोप्रति संवेदनशील भएन ।

पछिल्लो समय पेट्रोलियम पर्दाथमा भएको मुल्यवृद्धिका कारण आजित बनेका जनता हाल संस्थागत रुपमै भईरहेको इन्धन ठगीबाट आक्रान्त बनेका छन् । हाल भने वाणिज्य कार्यालय, नापतौल कार्यालय र मोरङ प्रहरीको संयुक्त टोलीबिच घटनाको अनुसन्धानको बिषयमा समन्वय भइरहेको छ । पेट्रोलको नमुना संकलन गरेर परिक्षण भईसकेपछि मात्र थप अनुसन्धान अघि बढाइने मोरङ प्र्रहरीले जनाएको छ ।

शुक्रबार, ०८ साउन, २०७८, साँझको ०७:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर