वर्ल्डलिंकका ग्राहकलाई आइफोन उपहार

विराटनगर। वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले नयाँ ग्राहक एवं सेवा नवीकरण गर्दा १० भाग्यशाली ग्राहकलाई आइफोन–१६ उपहार दिइरहेको छ । फागुन १८ गतेदेखि २७ गतेसम्म उपहार प्रदान गर्ने कम्पनीले जनाएको हो ।

वर्ल्डलिंकले १० लाख ग्राहक घरधुरी संख्या पुग्न लागेको अवसरमा नयाँ सेवा एवं नवीकरण गर्दा भाग्यशाली १ जनालाई हरेक दिन आइफोन–१६ उपहार दिने घोषणा गरेको हो । १० लाख घरधुरीसम्म आफ्नो सेवा विस्तार र कम्तीमा ५० लाख नागरिकको संख्यामा सेवा पुग्नुमा ग्राहकहरूको अतुलनीय योगदान रहेको वर्ल्डलिंकले जनाएको छ ।

‘कम्पनीले प्रदान गर्दै आएको गुणस्तरीय सेवा र ग्राहकहरूको उल्लेख्य सहभागिताले स्थापनाको छोटो समयमा नै हामी १० लाख घरधुरीमा पुग्न सफल भएका छौं । सो अवसरमा नयाँ सेवा लिने र नवीकरण गर्ने कम्तीमा १० जना सेवा ग्राहीलाई आइफोन १६ उपहार घोषणा गर्न पाउँदा खुसी छौं,’ वर्डलिंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । वर्ल्डलिंकले मुलुकका ७४ जिल्लामा आफ्नो सेवा विस्तार गरेको छ ।

१० लाख घरधुरीसम्म आफ्नो सेवा विस्तार र कम्तीमा ५० लाख नागरिकको संख्यामा वर्ल्डलिंकको सेवा पुग्नु सफल उदाहरण भएको भन्दै कम्पनीले खुसी व्यक्त गरेको छ । इन्टरनेट सेवालाई दुरदराज र ग्रामीण भेगमा थप विस्तार गर्ने र आम नेपालीको पहुँचमा पुर्‍याउने पनि वर्ल्डलिंकको प्रतिबद्धता छ । फागुनको अन्त्यसम्ममा १० लाख घरधुरी पुर्‍याउने लक्ष्य रहेको कम्पनीले स्पष्ट पारेको छ ।

आइतबार, २५ फागुन, २०८१, दिउँसोको ०१:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर