कोलोबजारी गर्ने को–को ? एक वर्षमा ५२ फर्म कारबाहीमा

ठूला फर्म जैसानी ट्रेड कन्सर्न, बिके मसाला, सेन्टर बजार, अंशु लघु घरेलु उद्योग, विज्ञान फार्मेसी, बबिता सर्जिकल हाउसलाई जरिमाना तिराइयो

विराटनगर । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले एक वर्षमा ५२ वटा व्यवसायिक फर्मलाई कारवाही गरेको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा २ सय २ वटा फर्महरू अनुगमन गरेकामध्ये बदमासी गर्ने ५२ वटा फर्मलाई कारवाही गरेको हो । कारवाहीमा परेका उद्योग र पसलहरू रहेका छन् । वाणिज्य कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरि ५२ वटा फर्मलाई कारवाही गर्दा १९ लाख ५ हजार रुपैयाँ राजस्व संकलन गरेको जानकारी गराएको छ ।

गत वर्ष २२ वटा फर्म कारवाही गरेको थियो भने आर्थिक वर्षमा झण्डै तेब्बर कारवाहीमा परेका हुन् । आर्थिक वर्ष वाणिज्य कार्यालयले ठूला सपिङ्ग सेन्टरहरूलाई पनि कारवाहीको दायरमा ल्याएको छ । उनीहरुले म्याद गुज्रिएको खाद्यबस्तु विक्री वितरण गर्नेदेखि खरिद गरेको भन्दा अत्याधिक मुनाफा गरि कालोबजरी गर्ने गरेका थिए । ठूला सपिङ सेन्टरहरुमा जसमा जैसानी टे«ड कन्सर्न पनि रहेको छ । उसलाई ३ लाख रुपैयाँ जरिवना गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमिक्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।

यस्तै बिके मसाला उद्योग, सेन्टर बजार प्रालि, अंशु लघु घरेलु उद्योग, विज्ञान फार्मेसी, बबिता सर्जिकल हाउसलाई जनही २ लाख रुपैयाँ जरिवना गरिएको वाणिज्यका निमित्त कार्यालय प्रमुख पोखरेलले जानकारी दिए ।

आर्थिक वर्षमा १ हजार ८ सय ३९ वटा नयाँ फर्म दर्ता भएका छन् । नविकरण/संशोधन ३ हजार ३ सय ६ र खारेजी २ सय वटा फर्म भएको वाणिज्य कार्यालये जनाएको छ । प्रदेश १ को १४ जिल्ला कार्यक्षेत्र भएपनि विगतका वर्षहरूमा मोरङमा मात्र वाणिज्यले अनुगमन गर्दै आएको थियो । तर आर्थिक वर्षमा मोरङ बाहेकका ६ जिल्लामा पनि वाणिज्यले अनुगमन गरेको छ । जसमा सुनसरी, झापा, धनकुटा, इलाम, पाँचथर र उदयपुरमा पनि बजार अनुगमन गरेको थियो ।

मङ्गलबार, ०५ साउन, २०७८, रातीको ०८:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर