प्रदेश १ का ८० नागरिक अगुवाको अपिल: प्रतिनिधिसभा विघटन असंवैधानिक

विराटनगर । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक र अप्रजातान्त्रिक भएको भन्दै प्रदेश १ का नागरिक अगुवाहरुले विरोध गरेका छन् ।

ओली समूहको नेकपाबाहेक अन्य राजनीतिक दलहरु प्रतिनिधिसभा विघटनको विरुद्ध आन्दोलनमा रहेको बेला प्रदेशका नागरिक अगुवाहरुले पनि त्यसमा समर्थन जनाएका हुन् ।

बिहीबार प्रदेश १ का ८० जना अगुवा नागरिकले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै प्रधानमन्त्रीको कदमलाई असंवैधानिक र राजनीतिक रुपले गलत कदम भएको जनाएका छन् । कानुन व्यवसायी, पत्रकार, प्राध्यापक, बुद्धिजीवी, रंगकर्मी, लेखक, साहित्यकार र सामाजिक अभियन्ताहरुले संयुक्त अपिल जारी गरेका हुन् ।

प्रतिनिधिसभा विघटन नेकपाको आन्तरिक राजनीतिको लेखाजोखाको विषय मात्रै नभएर नागरिक अधिकार, विधि प्रक्रियामाथिको हमला भएको नागरिक अगुवाहरुको निश्कर्ष छ । प्रतिनिधिसभाको दुई वर्षे कार्यकाल बाँकी छँदै प्रतिनिधिसभा विघटन गर्दा लोकतान्त्रिक प्रक्रियालाई संकटमा पार्नुका साथै संघीय प्रणाली निर्माण गर्ने राजनीतिक अभ्यासलाई गम्भीर आघात पु¥याएको उनीहरुको ठहर छ ।

‘प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष रहने प्रावधान तत्कालीन संविधानसभाको सर्वसम्मत निर्णय हो । यसकारण संविधानविपरीत प्रतिनिधिसभाको विघटनलाई आमनागरिकले किमार्थ स्वीकार गर्न सक्दैन्’, अपिलमा भनिएको छ, ‘यो असंवैधानिक कदमलाई नसच्याए संवैधानिक पद्धतिको कार्यान्वयनमा थप अप्ठेराहरु आउने र राजनीति अस्थिरताबाट दिग्भ्रमित भई संवैधानिक औचित्य नै संकटमा पर्नसक्ने हाम्रो ठहर छ ।’ यस्तो हर्कतले सर्वसाधारणको जीविकोपार्जन, विभिन्न पेशाकर्मीको आधारभूत हक अधिकार र समग्र लोकतान्त्रिक मूल्य मान्यताप्रति पनि प्रहार गर्ने देखिएको अपिलमा उल्लेख छ ।

प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध उठेका आवाजहरुप्रति हार्दिक ऐक्यवद्धता जाहेर गर्दै अपिलमा संविधानको मूलमर्मबाट विचलित भएर सिर्जना गरिएको वर्तमान परिस्थितिलाई संविधान, संविधानवाद र लोकतान्त्रिक प्रणालीभित्र ल्याउने पहल गर्न सबैमा आग्रहसमेत गरिएको छ । अपिलमा प्रजातन्त्र सेनानी तोरेन्द्रसिंह प्रधान, प्राध्यापक कृष्ण पोखरेल, दिनेश श्रेष्ठ, अध्येता डा.दोभान राईसहितको हस्ताक्षर रहेको छ ।
अपिलमा हस्ताक्षर गर्नेहरु निम्न अनुसार छन् ।

१. अनिल राजभण्डारी (इटहरी)
२.अर्जुन उप्रेती, प्राध्यापक, इटहरी
३.आन्विका गिरी, लेखक, सुनसरी
४.उज्ज्वल प्रसाईँ, लेखक, मेचीनगर
५.एककुमारी बस्नेत, अधिकारकर्मी, सोलुखुम्बु
६.एकराजदाहाल, शिक्षासेवी, ओखलढुङ्गा
७.कविन्द्र पौडेल, अधिकारकर्मी, दमक
८.कोषराज न्यौपाने, अधिकारकर्मी, विराटनगर
९.केदार शर्मा, लेखक, इलाम
१०.कृष्ण पोखरेल, पूर्वप्राध्यापक, विराटनगर
११.कृष्णबहादुर अधिकारी, प्राध्यापक, संखुवासभा
१२.गान्धीमाया तामाङ्ग, अधिकारकर्मी, सोलुखुम्बु
१३.गोपाल दाहाल, सञ्चारकर्मी, धरान
१४.घिमिरे युवराज, रंगकर्मी, मोरङ्ग
१५.चित्रलेखा अधिकारी, प्राध्यापक, संखुवासभा
१६.चिरञ्जीवि घिमिरे, अध्येता, दमक
१७.चुन्नीखातुन, अधिकारकर्मी, इनरुवा
१८.टंकीमाया बस्नेत, अधिकारकर्मी, सोलुखुम्बु
१९.टीका शिवाकोटी, अधिकारकर्मी, इनरुवा
२०.डीबी साहशंकर, अधिकारकर्मी, इनरुवा
२१.तोरेन्द्रसिंह प्रधान, प्रजातन्त्र सेनानी
२२.तीर्थ बानियाँ, प्राध्यापक, झापा
२३.डिकप्रसाद घिमिरे, अधिकारकर्मी, विराटनगर
२४.दिनेश श्रेष्ठ, नागरिक अगुवा, विराटनगर
२५.दिपक दास, अभियन्ता, झापा
२६.देवान राई, पत्रकार, खोटाङ्ग
२७.डा. दोभान राई, अनुसन्धाता, खोटाङ्ग
२८.द्वारिका निरौला, अभियन्ता, विर्तामोड
२९.धर्म उप्रेती, वरिष्ठ अधिवक्ता, इलाम
३०.नरजंग राई, प्राध्यापक, दमक
३१.प्रकाश बुढाथोकी, समाजसेवी, दमक
३२.पुरुषोत्तम घिमिरे, नागरिक अगुवा, इनरुवा
३३.पूर्णकृष्ण श्रेष्ठ, समाजसेवी, इटहरी
३४.बद्री प्रसाद पोख्रेल, सामाजिकअभियन्ता, इटहरी
३५.भक्तराजआचार्य, पूर्वप्राध्यापक,विराटनगर
३६.डा. भास्कर गौतम, अध्येता, विराटनगर
३७. भक्तिमानधिमाल, समाजसेवी, दमक
३८. भैरव रिजाल, व्यवसायी, विराटनगर
३९. मञ्जिताउपाध्याय, अधिकारकर्मी, विराटनगर
४०. मञ्जु विशंखे, अधिकारकर्मी, दमक
४१. मधु पोखरेल, साहित्यकार, विराटनगर
४२. मिनाकुमारी जोशी, सामाजिकअभियन्ता
४३. मोहन कर्ण, मावनअधिकारकर्मी, विराटनगर
४४. मोहनतिम्सिना, लेखक÷सम्पादक, इटहरी
४५. युवराज समाल पराजुली, सामाजिकअभियन्ता
४६. रमेश तामाङ्ग, व्यवासायी, इटहरी
४७. रमेश भट्टराई, मानवअधिकारकर्मी, इनरुवा
४८. रविन खतिवडा, व्यवसायी, दमक
४९. राजकुमार कार्की, सञ्चारकर्मी, धरान
५०. राजनारायण यादव, प्राध्यापक, विराटनगर
५१. डा. राजेन्द्र शर्मा, प्राध्यापक, धरान
५२. रामचन्द्र पराजुली, प्राध्यापक, इलाम
५३. रामबाबु दाहाल, नागरिक अगुवा, विराटनगर
५४. रुद्रनाथ दाहाल, प्राध्यापक, संखुवासभा
५५. लिला भूजेल, अधिकारकर्मी, इटहरी
५६. लेखनाथ खतिवडा, सञ्चारकर्मी, पाँचथर
५७. लोकेन्द्रकुमार मल्ल, अभियन्ता, विराटनगर
५८. वसन्त अधिकारी, अभियन्ता, विराटनगर
५९. वासुदेश न्यौपाने, शिक्षाविद्, विराटनगर
६०. विनोद प्रहर, अध्येता, दमक
६१. विमल संग्रौला, अधिवक्ता, दमक
६२. विमला ढकाल, अधिकारकर्मी, पाँचथर
६३. विश्वराज पाण्डे, पूर्वप्राध्यपक, विराटनगर
६४. विश्वनाथ रिजाल, अभियन्ता, विराटनगर
६५. शान्ति गजमेर, अधिकारकर्मी, इटहरी
६६. शिवकुमार भण्डारी, वरिष्ठ अधिवक्ता, धरान
६७. शिवेन्द्र कर्ण, अधिकारकर्मी, भन्टावारी
६८. शिशिर सिंह, नागरिक अगुवा, धरान
६९. शोभा बजगाईँ, अभियन्ता, इटहरी
७०. सतार अन्सारी, अधिकारकर्मी, विराटनगर
७१. समीक्षा बाँस्कोटा, अध्येता, पाँचथर
७२. सरस्वती लुइँटेल, अधिकारकर्मी, इनरुवा
७३. सागर शिवाकोटी, प्राध्यापक, मेचीनगर
७४. सारिका मण्डल, अध्येता, विराटनगर
७५. सीता शर्मा, अभियन्ता, विराटनगर
७६. सूर्यनाथ सिंह, अधिकारकर्मी, विराटनगर
७७. हरिप्रसाद दाहाल, प्राध्यापक, धरानक
७८. हरिप्रसाद जयवाल, पूर्वप्राध्यपक, दमक
७९. विष्णु पौडेल, व्यवसायी, धनकुटा
८०. रमेश भट्टराई, अधिकारकर्मी, सुनसरी

NagarikApeal
बिहिबार, २३ पुष, २०७७, साँझको ०६:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर