पूर्व आप्रवासीहरुको प्रदेशस्तरीय भेला हुने

झापा । नेपाली कांग्रेस निकटका पूर्व आप्रवासी विभागले फागुन २४ र २५ गते झापामा कोशी प्रदेशस्तरीय बृहत भेला तथा अन्तरक्रियात्मक गर्ने भएको छ ।

विभिन्न मुलुकमा गएर नेपाल फर्किएका लोकतन्त्रमा आस्था र विश्वास राख्ने समर्थक, शुभेच्छुकहरुलाई समेट्ने अभियान स्वरुप उक्त वृहत भेला गर्न लागेको हो । झापाको विर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा हुने भेलालाई कांग्रेस नेता डा। शेखर कोइरालाले सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रमको तयारी धमाधम भइरहेको विभागका कोशी प्रदेश संयोजक विज्ञान प्रसाइँले जानकारी दिए ।

विदेशदेखि स्वदेश सम्म बिषयक दुई दिने कार्यशालामा झापासहित कोशी प्रदेशका १४ वटै जिल्लाहरुबाट सयौंको संख्यामा सहभागी हुने नेपाल तरुण दलका केन्द्रिय सदस्य नेत्र पौडेलले जानकारी दिए ।कार्यक्रमको तयारीसँगै नेपाली कांग्रेस झापाले जिल्लास्थित सबै निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र र पालिका समितिहरुलाई लक्षित सहभागीहरुसहित उपस्थित हुन सर्कुलर जारी गरेको छ ।

बुधबार, २१ फागुन, २०८१, साँझको ०५:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर