चार जना स्वास्थ्य स्वयमसेविका सम्मानित

बेलबारी । बेलबारी नगरपालिकाले १७ औ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसका अवसरमा शनिवार ४ जना महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरेको छ ।

एक कार्यक्रमको आयोजना गरेर नगरपालिकाले स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा देविमाया बस्नेत, मन्जु कार्की, टीकादेवी पोख्रेल र शोभा कार्की रेहेका छन् । स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदान कदर गर्दै प्रमाणपत्र तथा खदा ओडाएर सम्मान गरिएको नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताउनु भयो । सम्मानित हुनेहरुलाई नगरपालिकाकी उप प्रमुख ढाका कुमारी पराजुलीले सम्मान पत्र र दोसल्ला प्रदान गर्नुभयो ।

शनिबार, २० मंसिर, २०७७, रातीको ०८:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर