विराटनगर । प्रदेश १ मा गएको २४ घण्टामा गरिएको पिसिआर परीक्षणमा १२१ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ४७, सुनसरीमा ४५, झापामा १४, संखुवासभामा १२, उदयपुरमा १ र प्रदेश १ बाहिरका २ जनामा कोरोना देखिएको छ ।
विराटनगरमा शुक्रबार थप ३२ जनामा संक्रमण देखिएको छ । विराटनगरका १२ महिला र २० पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार धनपालथानमा १ महिला र ८ पुरुष, रंगेलीमा २ पुरुष, ग्रामथानमा १ महिला र १ पुरुष, सुनवर्षीमा १ पुरुष, बुढीगंगामा १ महिला, सुनसरीको धरानमा ३ महिला र २० पुरुष, दुहवीमा ७ महिला र १ पुरुष, इटहरीमा १ महिला र ५ पुरुष, कोशी गाउँपालिकामा ५ पुरुष, इनरुवामा २ पुरुष र गढीमा १ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
उता झापाको दमकमा ६ महिला र ३ पुरुष, मेचीनगरमा १ महिला र १ पुरुष, विर्तामोडमा १ महिला र १ पुरुष, कन्काईमा १ महिला, संखुवासभाको चैनपुरमा १ महिला र १० पुरुष, धर्मदेवीमा १ पुरुष, उदयपुरको चौदण्डीगढीमा १ महिला र प्रदेश १ बाहिरका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ६१९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशमा थप एक जना संक्रमितको मृत्यु भएको छ । विराटनगर १९ की ४४ वर्षीय महिलाको कोभिड अस्पतालमा मृत्यु भएको हो । योसँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।
प्रदेशबाट शुक्रबार ६६ जना डिस्चार्ज भएका छन् । सुनसरी बराहक्षेत्रको रमानन्द आचार्य सेवा पीठ चतराधामबाट ३९, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १६, मेची अस्पताल झापाबाट १० र होम आईसोलेसनबाट १ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २ हजार १९ पुगेको मन्त्रालयले जनाएको छ ।
प्रदेशमा पछिल्लो २४ घण्टामा ९ सय ३० जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण भएकामध्ये ३७ महिला र ८४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । प्रदेशमा अहिलेसम्म १ लाख ५ हजार ७७४ जनाको पीसीआर परीक्षण भएको छ ।