विराटनगरमा संक्रमितको संख्या एक हजार नाघ्यो, कुन वडामा कति ?

विराटनगर । प्रदेश १ को राजधानी रहेको सहर विराटनगर भित्र कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । आइतबारसम्म विराटनगर महानगरपालिका भित्र संक्रमितको संख्या १ हजार ९ जना पुगेको हो ।

विराटनगरमा कोरोनाको (उच्च जोखिम) हटस्पट बनेको छ । सामुदायस्तरमा कोरोना भाइरस फैलिएपछि विराटनगरसहित मोरङ जिल्लाभरी भदौ १५ गतेसम्म निषेधाज्ञा स्थानीय प्रशासनले गरेको छ । अहिले दैनिक जसो विराटनगरमा संक्रमित बढ्दो क्रममा छ । सरकारले २ सयभन्दा बढी सक्रिय कोरोना भाइरस (कोभिड—१९) संक्रमित रहेका जिल्लाहरुलाई अति उच्च जोखिम क्षेत्रमा रुपमा राखिएको छ । सरकारको मापदण्डअनुसार विराटनगरलाई उच्च जोखिममा राखेको छ ।

आइतबारसम्म महानगरपालिका भित्र १ हजार ९ संक्रमितमध्ये सबैभन्दा बढी विराटनगर १२ वडामा भित्र रहेको छ । सो वडा भित्र संक्रमितको संख्या १ सय २६ पुगेको छ । प्रदेश प्रहरी र सशस्त्र प्रहरी गण १ नम्बर प्रदेश कार्यालय रानी विराटनगर यही वडामा पर्ने भएकोले यस वडा संक्रमित देखिएको वडाअध्यक्ष हिरालाल कामतले बताए । अहिले देखिएको संक्रमितमध्ये अधिकांश प्रदेश प्रहरी कार्यालय भित्रका प्रहरीमा देखिएको छ । स्थानीयमा कम संख्यामा संक्रमण देखिएको वडाअध्यक्ष कामतको भनाइ छ ।

यस्तै दोस्रोमा विराटनगर ६ वडामा संक्रमित छन् । सो वडामा १ सय ५ जना पुगेको छ । यस वडामा एक जना कोरोना संक्रमितको होम आइसोलेशनमा मृत्यु पनि भइसकेको छ । तेस्रोमा विराटनगर ८ मा संक्रमित छन् । सो वडामा ७९ जना संक्रमित पुगेको विराटनगर महानगरपालिकाले जनाएको छ । यस वडा भित्र दुई जनाको मृत्यु भइसको छ ।

यस्तै विराटनगर १ मा ३१ जना, विराटनगर २ मा ६४ संक्रमित छन् । २ वडामा एक जना कोरोना संक्रमित पुरुषको कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा मृत्यु भएको थियो । यसैगरी विराटनगर ३ मा ६९ जना, विराटनगर ४ मा ३४ जना ५ मा ५७ जना संक्रमित छन् ।

विराटनगर ५ मा एक जना बृद्धा संक्रमित पुरुषको मृत्यु भइसकेको छ । यस्तै विराटनगर ७ मा ४५ जना, विराटनगर ९ मा ७७ जना संक्रमित पुगेका छन् । विराटनगर ९ को गुद्रीको दुई जना कोरोना संक्रमितको मृत्यु पनि भइसकेको छ । यस्तै विराटनगर १० मा ३७ जना, ११ मा ६८ जना संक्रमित पुगेका छन् । ११ वडामा १ जना कोरोना संक्रमित महिलाको मृत्यु भइसकेको छ । विराटनगर १३ मा २२ जना, १४ मा १९ जना, १५ मा ५४ जना संक्रमित पुगेका छन् ।

१५ वडामा एक जना कोरोना संक्रमित युवाको मृत्यु भइसकेको छ । यस्तै विराटनगर १६ मा २८ जना, १७ मा २६ जना, १८ मा ४ जना र १९ वडामा शुन्य संक्रमित छन् । १९ वडामा अहिलेसम्म संक्रमित भेटेको छैन । वडा नखुलेको ६३ र १ जना संक्रमित विराटनगर बाहिरको रहेको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश क्षेत्रीले जानकारी दिए । हालसम्म ३ सय ८९ जना संक्रमण निका भएको महानगरपालिकाको अभिलेखमा उल्लेख छ ।

महानगरपालिका र मन्त्रालयको अभिलेखमा संक्रमित संख्या मिल्दैन

विराटनगर महानगरपालिका भित्र थपिएको संक्रमितको संख्या प्रदेश सरकार र महानगरपालिकाको अभिखेलमा नमिल्ने गरेको पाइएको छ ।

आइतबार विराटनगरभित्र थपिएको संक्रमित महानगरपालिका र सामाजिक विकास मन्त्रालयको सार्वजानिक गरेको संक्रमितको संख्या फरक पाइएको हो । यसअघि पनि फरक अभिलेख आउने गरेको छ ।

विराटनगर महानगरपालिकाले आइतबार १८ पुरुष र १७ महिला गरि ३५ संक्रमित थपिएको अभिलेख सार्वजानिक गरेको छ । सामाजिक विकास मन्त्रालयले २१ पुरुष २१ महिला गरि ४२ जना संक्रमित उल्लेखछ गरेको छ । मृत्यु हुने संख्या पनि नमिल्ने गरेको पाइएको छ । महानगरपालिकाले ९ जनाको कारोनाको कारण मृत्यु भएको उल्लेख गरेको छ भने मन्त्रालयले १२ जनाको मृत्यु भएको तथ्याङ्गमा देखिन्छ ।

विराटनगर महानगरपालिको स्वास्थ्य निरीक्षक राजेन्द्र कुइकेलका अनुसार ल्याबबाट ढिलो गरी रिपोर्ट आउने भएकोले संक्रमितको संख्यामा तलमाथि हुन सक्ने बताउनु भयो । ‘हामीलाई ल्याब र मन्त्रालयबाट ढिलो गरि संक्रमितको रिपोट आउने गरेको छ,’ उहाँले भन्नुभयो, ‘त्यही भएर पनि संक्रमितको संख्यामा तलमाथि भएको हुनसक्छ ।’ मृत्यु भएको हकमा स्थाइ ठेगाना भएकोलाई मात्र विराटनगरमा राख्ने भएकोले अहिलेसम्म ९ जना संक्रमितको मृत्यु भएको महानगरपालिकाले जनाएको छ । ‘विराटनगरमा ८ मा यसअघि मृत्यु भएको कारोना संक्रमितको स्थाइ ठेगना मोरङको कटहरी हो,’ महानगरपालिकाले भन्यो, ‘प्रदेश सरकाले ती मृत्यु भएको पुरुषको ठेगाना विराटनगरमा उल्लेख गरेको छ । यी यस्तै कारणले तलमाथि भएको हुनसक्छ ।’

कोरोनाले ज्यान गुमाउने प्रदेशमा २३ पुग्यो

सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार वराटनगरमा १२ सहित प्रदेश १ मा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । जसमध्ये ९ जना प्रदेश २ का रहेका छन् । २३ जना प्रदेश १ का रहेको मन्त्रालयले जनाएको छ । प्रदेश १ का मृत्यु हुनेमा १७ पुरुष र पाँच जना महिला छन् ।

सुनसरीमा २ जना महिलासहित तीन जना पुरुष गरि पाँच जना, झापाको दमकमा १ पुरुष, मोरङको पथरीका १, बुढीगंगा गाउँपालिका २, रंगेली र सुनवर्षी नगरपालिकाका १/१ जनाको मृत्यु भएको छ ।

आइतबार, १४ भदौ, २०७७, साँझको ०७:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर