बिहानै थप भए १७ जनामा कोरोना संक्रमित

काठमाडौं । गण्डकी प्रदेशमा एक विहानै १७ जना कोरोना संक्रमित थप भएका छन् । यसका साथै कोरोना संक्रमितको संख्या गण्डकी प्रदेशमा मात्रै ७५ पुगेको छ ।

नयाँ थप हुने संक्रमितहरु स्याङ्जाका १०, कास्की र पूर्वीनवलपरासीमा ३/३ जना तथा बागलुङमा १ जना रहेका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोद विन्दु शर्माकद्वारा सार्वजनिक सूचना अनुसार स्याङ्जाको वालिङ नगरपालिकामा १६ देखि ५४ वर्षसम्मका ८ जना पुरुष र हरिनास नगरपालिकामा १८ र ४० वर्षका दुई जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ वर्षका पुरुष तथा पोखरा महानगरपालिकाका ५९ वर्षका पुरुष कोरोना संक्रमित भएका छन् ।

नवलपरासीको बर्दघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिकामा १८, १९ र २७ वर्षका पुरुषहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय रामघाट पोखराले जनाएको छ ।

उनीहरु भारतबाट आएर विनयत्रिवेणीकै क्वारेन्टाइनमा बसेको जनाइएको छ । १७ दिनअघि नेपाल आएका उनीहरूको अवस्था सामान्य रहेका छन् ।

यस्तै बागलुङको ताराखोला गाउँपालिकामा ३९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

शनिबार, २४ जेठ, २०७७, बिहानको ०८:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर