भारतमा मृत्यु, नेपालमा शव ल्याएर अन्तिम संस्कार गरेपछि कोरोना पुष्टि

काठमाडौं । भारतको गुजरातबाट नेपाल फर्कदै गर्दा बाटोमा मृत्यु भएका अर्घाखाँचीको भुमिकास्थान नगरपालिका ९ का युवामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ ।

भारतको लखनउ आसपास आईपुग्दा गत जेठ १० गते मृत्यु भएपनि उनको शव नेपाल ल्याइएको थियो ।

लखनउबाट बसमा आउँदा आफूलाई छटपटी भएको बताएका ३५ वर्षीय युवामा छाती दुख्ने र बान्ता हुने भएपछि बसमै मृत्यु भएको थियो। उनको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा स्वाव परिक्षण गरिएकोमा कोरोना पोजिटिभ देखिएको अर्घाखाँची जिल्ला अस्पतालले जनाएको छ ।

मृतकको शवलाई कृष्णनगरबाट गएको एम्बुलेन्सले भारतीय सीमा बजार बढनीबाट नेपाल ल्याएको थियो। शवसँगै आएका दुई जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । उनीहरूसँगै अर्घाखाँचीका ८० जनाको समूहमा आएका सबैलाई क्वारेन्टाइनमा राखिएको छ।

मृतकको शव चार दिन अगाडि नै अन्तेष्टि गरिसकिएको छ । अर्घखाँचीका प्रमुख जिल्ला अधिकारी विजय पौडेलका अनुसार मृतकको कपिलवस्तु ल्याएर पोस्टमार्टम गरी स्वाब निकालेर कोरोना परीक्षणका लागि पठाइएको थियो ।

बिहिबार, १५ जेठ, २०७७, रातीको ०९:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर