विराटनगर । बिहीबार देशभर १ सय ५६ जना कोरोना सङ्क्रमित थपिँदा प्रदेश १ मा २६ जना संक्रमित थपिएका छन् ।
झापामा २५ जना र सोलुखुम्बुमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ ।
झापामा थपिएका सबै कचननकवल गाउँपालिकाका हुन्। योसँगै अहिलेसम्म कचनकवलमा मात्र ७३ जनामा कोरोना पोजेटिभ देखिएको छ। बिहीवार सङ्क्रमित २५ जना भारतको मुम्बई र दिल्लीबाट आएका युवा रहेको कचनकबल गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले जानकारी दिनुभयो ।
गाउँपालिकामा अहिले पनि भारतबाट आउने क्रम रोकिएको छैन। दैनिक १० देखि १५ जना युवा गाउँ फर्किने गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका १ सय ६२ जनाको स्वाब परीक्षणको लागि विराटनगर पठाएकोमा २५ जनामा संक्रमण देखिएको हो । क्वारेन्टाइनमा बसेकामध्ये मुम्बईबाट आउनेमा बढी संक्रमण देखिएको गाउँपालिकाले जनाएको छ ।
कचनकबलको विभिन्न विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा ३ सय ४८ जना राखिएको छ । उनीहरुमध्ये १ सय ४३ जनाको स्वाव परीक्षण नै नभएको सो क्षेत्रका प्रदेशसभा सदस्य बसन्त बानियाँले जानकारी दिनुभयो । कचनकबलमा स्वास्थ्यकर्मीको पनि अभाब भएको उहाँको भनाइ छ ।
थपिएको संक्रमितसँगै झापामा मात्र संक्रमितको संख्या ७९ पुगेको छ । उदयपुरमा ३३, धनकुटामा ७, मोरंगमा ५, सुनसरीमा ३, सोलुखुम्वु, भोजपुर र खोटाङका १÷१ जनामा संक्रमण देखिएको छ ।
प्रदेश १ का संक्रमितमध्ये ३० जना उपचारपछि निको भएका छन् ।