संविधानसभा सदस्य विदुर सापाकोटाको निधन

विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्यूरो सदस्य एवम् संविधानसभा सदस्य विदुर सापकोटाको निधन भएको छ । अचानक स्वास्थ्यमा समस्या आएपछि हेल्पिङ हायन्डस् अस्पतालमा भर्ना भएका सापकोटालाई बिहीबार बिहान ३ : ५० बजे चिकित्सकले मृत्य घोषणा गरेका थिए ।

तत्कालीन पञ्चायतविरुद्धको संघर्ष, मालेकालमा भूमिगत, विद्यार्थी राजनीतिमार्फत २०४६ सालको प्रथम जनआन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका सापकोटा लामो समय एमाले काभ्रेपलाञ्चोकको सचिवको जिम्मेवारीमा थिए ।

माधवकुमार नेपालको नेतृत्वमा एमाले फुटेपछि नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य तथा बागमती प्रदेश सहइन्चार्जको भूमिकामा थिए ।

बिहिबार, ०८ फागुन, २०८१, बिहानको ०९:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर