विराटनगरमा छठको रौनक (तस्बिरहरु)

विराटनगर । छठ पर्वको मुख्य दिन बिहीबार साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ्य दिइएको छ । जलाशयमा दुलहीझैँ सिँगारिएको घाटमा व्रतालुहरूले अस्ताउँदो सूर्यको अर्घ्य दिइएको छ ।

स्थानीय रूपमै माटोले बनाइएको माटोको नयाँ घैलो, हाँथी, कोसिया कुरबार, बाँसले बनाइएको कोलसुप, सुपा, ढकिया, चंगेरासहितमा प्रसाद राखी जम्मा भएका व्रतालुहरूले जलाशयको दृश्यमनमोहक देखियो । अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदा व्रतालुले दुवै हातमा चालमको घोल र सिन्दूर लगाएर अक्षता र फुलसहित पालैपालो अर्घ्य सामग्री सूर्य देवता समक्ष अर्पण गरिएको छ ।
३६ घण्टासम्म पानी समेत नखाई व्रतबसिने यो पर्वमा अस्ताउँदो र उदाउँदो सूर्य देवतालाई अर्घ दिँदै छठीमाताको पूजाआराधना गर्ने गरिन्छ । शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ चढाएपछि छठ विधिवत् रूपमा समापन हुन्छ ।
विना भेदभाव सबै जाति र समुदायपोखरी, नदी र जलाशयको घाटमा जम्माभई सँगसँगै सूर्य देवताको पूजागर्ने परम्परा रहेको यो पर्व साम्प्रदायिक सद्भाव, धार्मिक सहिष्णुता र मेलमिलापको संगम साबित भएको छ ।
सूर्यको आराधना र उपासना गरी मनाइने छठ पर्वको विराटनगरमा रौनक छाएको छ । छठ पर्वको मूख्यदिन छठमा व्रत बसेकाश्रद्धालुहरू विराटनगरस्थित सिंघिया, केसलीया, सुनसरी मोरङ सिचाइआयोजनाको नहरमा पूजास्थलमा भेला भएका छन् । छठ पर्वको रौनक हेर्न भक्तजनहरूको खोलाकिनारमा भक्तजन र पूजा सामग्रीले भरिभराउ भएको छ ।
भक्तजनले छठको पूजाकालागिउखु, केरा, हल्दी, अदुवा, कागती, मुला, नरिवल, पान, सुपारी लगायतका विभिन्न फलफूल ल्याएका छन् । छठ पर्वको अवसरमा पूजास्थलमा हुने भिडलाई नियन्त्रण गर्न प्रहरी र स्वयं सेवकलाई खटाइएको छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फलपाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।

बिहिबार, २२ कार्तिक, २०८१, साँझको ०६:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर