विराटनगर । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा निवास भक्तपुरको लोकन्थलीमा शंकास्पद वस्तु भेटिएको छ ।
बाँस्कोटाका सहयोगी नवराज ढकालले लोकन्थलीस्थित निवासमा प्रेसर कुकर जस्तो शंकास्पद वस्तु देखिएको जानकारी दिए । ‘प्रहरी आएर चेकजाँच गरिरहेको छ,’ उनले भने ।
बाँस्कोटा निवासमा शंकास्पद पोको देखिएकाले चेकजाँच भइरहेको भक्तपुर प्रहरीका डीएसपी राजु पाण्डेले बताए ।
पूर्वमन्त्री बाँस्कोटा भने गृहजिल्ला काभ्रेमा रहेका छन् ।