मुख्यमन्त्री कार्कीलाई माओवादी, राप्रपा र एसले विश्वासको मत नदिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै छन् । आज बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिव गोपाल पराजुलिले बताए ।

नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।
माओवादीले भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । सत्ता गठबन्धन परिवर्तन भएसँगै कोशी प्रदेशमा गएको साउन ११ गते माओवादीले कोशी प्रदेशमा सरकारबाट बाहिरिएको थियो ।

मुख्यमन्त्री कार्कीलाई तिन दलले भने विश्वासको मत नदिने भएका छन् । नेकपा माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी र राप्रपाले भने विश्वासको मत नदिने भएका हुन ।
वर्तमान सरकारलाई विश्वासको मत नदिने माओवादीका संसदीय दलका नेता इन्द्र आङबोले बताए । यस्तै राप्रपाले भने संसदीय दलको बैठक बसेर नदिने निर्णय गरिसकेको छ । अहिले सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको राप्रपाका प्रमुख सचेत सविना बजगाईँले बताइन ।

कोशी प्रदेश सभामा विपक्षमा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४सांसद छन् । तिन दलले विश्वासको मत नदिए पनि मुख्यमन्त्री कार्कीले सहजै विश्वासको मत भने पाउने छन् । सत्ता पक्षमा एमालेका ४० सांसद छन् भने सत्ता घटक काँग्रेसका २९ र जसपाका १ सांसद छन् ।कोशी प्रदेशमा ९३ सासद छन् ।

सत्ता गठबन्धन परिवर्तन भएपछि अहिले कोशी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा बनेको सरकारमा काँग्रेस सहभागी भएको छ । गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त हुनु भएका कार्कीले पहिलो पटक वैशाक ३१ गते विश्वासको मत लिएका थिए ।

बुधबार, ०२ असोज, २०८१, बिहानको १०:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर