निवर्तमान मुख्यमन्त्री कार्की निषेधित क्षेत्रबाहिरै अनसन बस्ने

विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले प्रशासनले घोषणा गरेको निषेधित क्षेत्रबाहिर अनसन बस्ने बताएका छन् ।

कार्कीले घोषणा गरेको आमरण अनसन स्थललाई जिल्ला प्रशासन कार्यालय मोरङले निषेधित क्षेत्र घोषणा गरेपछि कार्कीले यस्तो जानकारी दिएका हुन् ।

कार्कीले विराटनगरको देवकोटाचोकमा दिउँसो ४ बजेदेखि अनसन बस्ने घोषणा गरेका थिए । जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार एक सूचना जारी गर्दै उक्त क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ । ‘निषेधित क्षेत्र बाहिरै अनसन बसुम्ला नि के फरक पर्छ र ?,’ उनले भने ।

जिल्ला प्रशासन कार्यालय मोरङले भने विराटनगरलाई केन्द्रविन्दु बनाई हुनसक्ने अनसनलगायत विरोधका कार्यक्रमलाई मध्यनजर राखी प्रदेश सभाबाट पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पतालको चोक क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोक क्षेत्र, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटर क्षेत्र, प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरि ३०० मिटर क्षेत्र, र जिल्ला प्रशासन कार्यालय, मोरङ डाँफे चोक देखि पूर्वसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।

मङ्गलबार, २५ भदौ, २०८१, दिउँसोको ०३:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर