राजश्व अभिवृद्धि र चुहावट रोक्न विराटनगरमा गोष्ठि

विराटनगर । नेपाल सरकार गृह मन्त्रालय र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी गोष्ठि विराटनगरमा सुरु भएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा गोष्ठि सुरु भएको हो । कार्यक्रमको अध्यक्षता गृहसचिव एकनारायण अर्यालले गरेका छन् ।

कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारी, अर्थ मन्त्रालयका राजश्व सचिव डा.रामप्रसाद घिमिरे, भन्सार बिभाग महानिर्देशक ढुण्डीप्रसाद निरौला, नेपाली सेनाका रथी अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई, सुरक्षा निकायका प्रदेश प्रमुखहरु, झापा, सुनसरी, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, सुरक्षा निकायका जिल्ला प्रमुखहरु, भन्सार कार्यालयका प्रमुखहरु, राजस्व कार्यालय इटहरीका प्रमुखसहितको सहभागिता रहेको छ ।

आइतबार, २७ जेठ, २०८१, दिउँसोको १२:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page