मोरङमा ५.९५ प्रतिशत मत बदर, कुन क्षेत्रमा कति बदर ? (सूचिसहित)

विराटनगर । मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा मोरङमा ५.९५ प्रतिशत मत बदर भएको छ ।

मोरङमा ४ लाख ८५ हजार ४९९ मत अर्थात् ६६.१ प्रतिशत मत खसेको मध्ये १८ हजार ८६५ मत मात्र बदर भएको प्रदेश निर्वाचन कार्यालय प्रदेश १ का निर्वाचन अधिकारी लेवन काश्यप अधिकारीले जानकारी दिए ।

मोरङमा ७ लाख ३५ हजार ५२५ मतदाता रहेका मध्ये ६६.१ प्रतिशत मत खसेको थियो । खसेको मत मध्ये ९४।५ प्रतिशत अर्थात् ४ लाख ५६ हजार ६३३ मत सदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभातर्फ मोरङमा ६ वटा निर्वाचन क्षेत्र रहेको प्रदेशमा सबैभन्दा बढी ५ नम्बर निर्वाचन क्षेत्रमा बढी मत बदर भएको छ । मोरङको सबैभन्दा बढी मतदाता रहेको क्षेत्र नं. ३ मा कम मत बदर भएको छ । मोरङ क्षेत्र नं १ मा १ लाख २३ हजार ६१५ मतदाता मध्ये ६०.८६ प्रतिशत अर्थात् ७५ हजार २३५ मत खसेको थियो । यो क्षेत्रमा ६.०६ प्रतिशत अर्थात् ४ हजार ५५९ मत बदर भएको छ भने ९३.९४ अर्थात् ७० हजार ६७६ मत सदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै मोरङ २ मा १ लाख २४ हजार ७२९ मतदाता रहेका मध्ये ६४.२८ प्रतिशत अर्थात् ८० हजार १७१ मत खसेको थियो । जसमा ५.६२ प्रतिशत अर्थात् ४ हजार ५०४ मत बदर भएको थियो भने सदर ७५ हजार ६६६ भएको छ ।

मोरङ ३ मा १ लाख ४९ हजार ८३३ मतदाता भएको मध्ये ६४.८२ प्रतिशत अर्थात् ९७ हजार १ सय २६ मत खसेको थियो । जसमा ५.७ प्रतिशत अर्थात् ४ हजार ९२४ मत बदर भएको थियो भने सदर ९२ हजार २ सय २ मत भएको छ ।

मोरङ ४ मा १ लाख १० हजार ९३ मतदाता रहेको मध्ये ६७.८१ प्रतिशत अर्थात् ७४ हजार६५० मत खसेको थियो । जसमा ५.८५ प्रतिशत अर्थात् ४ हजार ३६७ मत बदर भएको थियो भने सदर ९४.१५ प्रतिशत अर्थात् ७० हजार २८३ मत भएको छ ।

मोरङ ५ मा १ लाख ४९४ मतदाता रहेको मध्ये ७२.३५ प्रतिशत अर्थात् ७२ हजार ७०४ मत खसेको थियो । जसमा ७.३२ प्रतिशत अर्थात् ५ हजार ३२४ मत बदर भएको थियो भने सदर ९२.६८ अर्थात् ६७ हजार ३८० मत भएको निर्वाचन कार्यालयले जनाएको छ ।

मोरङ ६ मा १ लाख २६ हजार ७६१ मतदाता रहेको मध्ये ६७.५४ प्रतिशत अर्थात् ८५ हजार ६१३ मत खसेको थियो । जसमा ६.६ प्रतिशत अर्थात् ५ हजार १८७ मत बदर भएको थियो भने ९३.९४ प्रतिशत अर्थात् ८० हजार ४२६ प्रतिशत मत सदर भएको छ ।

प्रतिनिधिसभा तर्फ १०५ जना उम्मेदवार रहेका थिए । जसमा ११ महिला र ९४ जना पुरुष उम्मेदवार रहेका थिए । राजनीतिक दलको तर्फबाट ६१ जना र स्वतन्त्रबाट ४४ जना उम्मेदवार रहेका थिए । त्यसै गरी प्रदेश सभातर्फ १२ वटा निर्वाचन क्षेत्रमा ११० जना उम्मेदवार रहेका थिए । जसमा ९ महिला १०१ जना पुरुष उम्मेदवार रहेका थिए । राजनीतिक दलको तर्फबाट ८४ जना र स्वतन्त्रबाट २६ जना उम्मेदवार रहेका थिए ।

सोमबार, १२ मंसिर, २०७९, साँझको ०७:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर