बर्दीको आतंकमा कहिलेसम्म एइई परीक्षा ?

  विक्रम लुइँटेल

केही वर्ष पहिलेसम्म एसएलसी अर्थात एइई परीक्षालाई फलामे ढोकाको रुपमा हेरिन्थ्यो । एलएसली परीक्षा उत्तीर्ण गर्नेले जागिर पनि पाउँथे र न्यूनतम योग्यता एसएलसीलाई लिइन्थ्यो । तर अहिले समयसँगै शिक्षाको मापदण्ड र परिभाषाहरु फेरिदै गएका छन् । अहिले एसएलसी दिने बच्चाहरु पनि १२/१४ वर्षका हुन्छन् । पहिला त्यो भन्दा माथिका हुन्थे ।

अहिले न्यूनतम योग्यता १२ पास हुँदै जान थालेको छ । सरकारले १० कक्षालाई पहिलाको जस्तो तरिकाले हेरेको पनि छैन । राज्य त्यो नीतिबाट पछाडि हट्दैछ । तर हाम्रो निरीक्षण प्रणाली उही पञ्चायती ढर्रा र हुकुमी पाराको हुने गरेको छ । संसारमा कुनै पनि मुलुकमा बच्चाहरुको परीक्षा प्रहरीको घेराबन्दी र त्यसमाथि हतियार बोकेर आतंकित वातावरणमा हुने गरेको देखिदैन । तर, हाम्रोमा दश कक्षाको मान्यता फरक हुँदै जाँदा पनि जिल्लाको परीक्षा सिडिओको नेतृत्वमा र बन्दुकधारी प्रहरीको निगरानीमा हुने गरेको छ ।

त्यसै त प्रहरी भनेपछि बालबालिकामा नकात्मक धारणा छ । यही धारणा परिर्वतन गर्नका लागि प्रहरीको नेतृत्वले बेला बेलामा मुस्कानसहितको सेवा, प्रहरी मेरो साथी जस्ता नारा दिएर कार्यक्रम ल्याइरहेको हुन्छ । ती सबै उसले आफ्नो छवीमा सुधार गर्नको लागि ल्याएका कार्यक्रमहरु हुन् । तर, परीक्षा दिँदै गरेका साना नानीहरुलाई गेटमा छिर्दै गर्दा बन्दुक बोकेका प्रहरी देख्दाखेरी उनीहरुले परीक्षामा लेख्ने मनोविज्ञानले कुन उत्तर दिन्छ र के लेख्छन् भन्ने प्रश्न उब्जिन्छ ।

यसले गर्दा बच्चामा मनोवैज्ञानिक असर मात्रै पर्दैन विद्यालय र अभिभावकलाई दबाबसमेत पर्ने गरेको छ । यसले विकारल मानसिक समस्यालाई निम्त्याउँने जोखिम पनि हुन्छ । नेपालको एसइई परीक्षा संचालन गर्ने विधिहरुमा अब परिवर्तन ल्याउन जरुरी भएको छ । सिडियो र एसपिहरुले पनि अब पुरानो तौरतरीकामा प्रिवर्तन गर्न जरुरी छ । एउटै विद्यालयमा नियमित चेकजाँच गर्न जाने र निरीक्षणको नाममा मेयरदेखि वडाध्यक्ष सामाजिक विकास मन्त्रालयदेखि समन्वय समितिहरु सक्रिय हुन जरुरी छैन । परीक्षा प्राज्ञिक नेतृत्वको अनुगमनमा हुनुपर्दछ । नकि बन्दुकधारीको नेतृत्वमा । हरेक वर्षहरुमा हाम्रा मुल्यांकन प्रणालीहरु प्रिवर्तन गर्ने नीतिहरु राम्रो होइन । सरकारले एसइई र यसको परीक्षा र अनुगमन प्राणालीलाई सुधार नगर्ने हो भने बच्चाहरुको मनोविज्ञानमा ठूलो असर पर्छ । देशभर ५ लाख बालबालिका परीक्षा दिँदैछन् ।

एक त बालबालिकालाई देशमै बस्नुहुन्न भन्ने खालको भाष्य सिर्जना गरिँदै छ । त्यस सँगसँगै हामी विद्यालय तहमा उनीहरुको मनोविज्ञानलाई असर गर्ने गरी आतंक सिर्जना गर्दैछौं । कतिपय विद्यार्थीहरुले उनीहरुको निरन्तर मेहनतलाई त्यो आतंकभित्र व्यक्त गर्न नसक्दा नतिजामा फरक पर्न सक्छ र त्यसको नतिजा आत्महत्यासम्म पुग्यो भने त्यसको जवाफदेहीको हुन्छ ? हामी लोकसेवाकै परीक्षा हेरौंन। सबैभन्दा विश्वसनीय छ । त्यहाँ न बन्दुकधारीको आतंक छ न त प्रशासनिक प्रमुखको परीक्षा त एउटै गार्डले राम्रो बनाइरहेका छन् नि त । विद्यालय तहको यो परीक्षा संचालन गर्दा यसका खर्चको पाटाहरु अत्यन्तै न्यून भएका कारण पनि अनेकन विकृतिहरु छन् र विद्यार्थीको कक्षा कोठामा गएर आतंक दिने होइन सुरुमै यसलाई व्यवस्थित गर्नका लागि अरु खालका उपायाहरु खोज्न जरुरी भइसकेको छ ।

शुक्रबार, २३ चैत, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर