प्रधानमन्त्री आउने भएपछि रोकियो खानेपानीको काम, प्रदेशसभामा रंगरोगन

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली आज कोशाी प्रदेशसभालाई सम्बोधन गर्न आउने भएपछि प्रदेशसभा नजिकै भइरहेको खानेपानीको पाइप बिच्याउने काम रोकिएको छ ।

विराटनगरमा खानेपानीको नयाँ पाइप बिच्छ्याउने काम भइरहेकोमा पाइप बिच्छ्याउन खनिएको नाला प्रधानमन्त्री आउने भएपछि पाइप नहाली हतारहतारमा पुरिएको छ ।

प्रदेशसभा नजिकै विराटनगरको हस्पिटल हस्पिटल चोकमा खानेपाीको पाइप हाल्न खनिएको नाला अहिले पुर्ने काम भइहरेको छ । स्थानीय प्रशासनले ट्राफिक आगमनमा असहज हुने भन्दै पाइप बिच्छ्याउने काम रोक्न लगाएको हो ।

उता प्रधानमन्त्री आउने भएपछि प्रदेशसभा परिसरमा सफाई र रंगरोगनको काम भइरहेको छ । आज २ बजे प्रधानमन्त्री ओलीले प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

मङ्गलबार, २७ फागुन, २०८१, बिहानको १०:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर