विराटनगर । काेशी प्रदेश सरकार आज विस्तार हुनेभएकाे छ । प्रदेश प्रमुखकाे कार्यालयका अनुसार बेलुका ४ बजे शपथ हुने तय भएकाे छ ।
मुख्यमन्त्री कार्यालय स्राेतका अनुसार नयाँ थप हुने मन्त्रीहरूमा काँग्रेसबाट प्रदिपकुमार सुनुवार, रामकुमार खत्री मन्त्री तथा ईन्दीरा थापा राज्यमन्त्री हुने भएकी हुन् । यस्तै माओवादी केन्द्रबाट राजेन्द्रकुमार कार्की र नारायण बुर्जा मगरले मन्त्रीकाे शपथ लिने तय भएकाे छ ।
स्राेतले दिएकाे जानकारी अनुसार सुनुवार स्वास्थ र खत्रीले कृषि मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन । यस्तै, थापा आर्थिक मामिला तथा योजना राज्यमन्त्री बन्नेछिन । यस्तै माओवादीका बुर्जा मगर सिँचाई तथा उर्जा र कार्की सामाजिक विकास मन्त्री हुने भएका हुन् ।
हाल प्रदेश सरकारमा कांग्रेसबाट शम्शेर राई आन्तरिक मामिला तथा कानून, माओवादीका गणेश उप्रेती पर्यटन, वन तथा वातावरण र नेकपा एसका कमल प्रसाद जबेगू भाैतिक पूर्वाधार मन्त्री छन् ।

