कोशी प्रदेश राष्ट्रियसभा निर्वाचन : १० जनाले मतदान गर्न बाँकी

विराटनगर । बिहान ९ बजेदेखि सुरु भएको कोशी प्रदेश राष्ट्रियसभा निर्वाचनमा अब १० जना स्थानीय तहका प्रतिनिधिले मतदान गर्न बाँकी रहेको छ ।

हालसम्म ९३ जनै प्रदेशसभा सांसदले मतदान गरिसकेका छन् । बाँकी प्रतिनिधिहरु आउने क्रममा रहेको निर्वाचन कार्यालयले जनाएको छ । दिउँसो ३ बजेसम्म मतदानको समय दिइएको छ ।
फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदमा आज मतदान हुँदैछ । त्यसमध्ये कोशी प्रदेशमा अन्य १ जना र महिला १ जनाका लागि चार जना चुनावी मैदानमा छन् । जसमा सत्ता गठबन्धनबाट काँग्रेसका कृष्णप्रसाद सिटौला र माओवादीबाट चम्पा कार्की उम्मेद्वार छन् भने एमाले–राप्रपा गठबन्धनबाट एमालेकी रुक्मिणी कोइराला र राप्रपाका उद्धब पौडेल उम्मेद्वार छन् ।

कोशीको ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० सांसद छन् । कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । कांग्रेसका प्रमुख–उपप्रमुख ११३, एमालेका ११२, माओवादी केन्द्रका ३१, एकीकृत नेकपा समाजवादीका ७, जनता समाजवादी र राप्रपाका ४–४ र स्वतन्त्र ३ जना छन् । स्वतन्त्रमध्ये धरानका प्रमुख हर्क साम्पाङ अहिलेसम्म मतदान गर्न आएका छैनन् ।

कोशी प्रदेशमा प्रदेश र स्थानीय तहमा गरी एमालेको मतभार ४२४८, कांग्रेसको ३६८४, माओवादी केन्द्रको १२७८, राप्रपाको ३९४, नेकपा एकीकृत समाजवादीको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार छ । कोशीमा राप्रपा र एमाले मिलेपछि गठबन्धनसँगको मतभार अन्तर ७९४ मा झरेको छ । सत्ता गठबन्धनसँग ५४३६ मतभार छ । एमाले र राप्रपाको मतभार ४६४२ छ ।

बिहिबार, ११ माघ, २०८०, दिउँसोको १२:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर