विराटनगर । मोरङको बेलबारी १० भाउन्नेस्थित जंगली हात्तीको आक्रमणबाट भएको घर र बालीको क्षतिको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अनुगमन गरेका छन् ।

बिहीबार राति स्थानीय विन निरौला र तिर्थ दाहालको घरमा हात्तीले क्षति पुर्याएको छ ।

झापा, मोरङ र सुनसरी विभिन्न स्थानमा यतिबेला जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । विगत १५ दिनयता मात्रै हात्तीको आक्रमणबाट झापामा २, सुनसरी र मोरङमा १–१ जना गरी ४ जना सर्वसाधरणको मृत्यु भइसकेको छ ।

बेलबारी १० भाउन्ने स्थीत दश विगाहा भन्दा बढि क्षेत्रमा लगाईएको मकै, केरालगायत हात्ती क्षति पु¥याएको बेलबारी १० का वडा अध्यक्ष गंगाबहादुर याखाले बताए ।