विराटनगर । सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइदै छ । आज साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ भने सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ ।

छठका लागि नदी, खोला, पोखरी सिँगारिएका छन् । विराटनगरको सिंघीया, केशलिया खोलाका घाटसहित नहर, तलाउ र अन्य खोलाका किनारहरु छठ पुजाको लागि सिंगारिएका छन् ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।