राठीको अपहरणमा संलग्नलाई मुद्दा

विराटनगर । विराटनगरका व्यवसायी तथा आफ्नै मिडियाका सञ्चालकलाई बन्दी बनाएर रकम असुलेको आरोपमा पक्राउ परेका अर्का मिडिया सञ्चालकविरुद्ध प्रहरीले मुद्दा बुझाउने तयारी गरेको छ । शरीर बन्धक बनाएर रकम अशुली गरेको आरोपमा प्रहरीले पक्राउ गरेका सहेन शाह भनेर चिनिने अब्दुल खत्ताब तथा उनका सहयोगी विराटनगरका जयकुमार रामलाई पक्राउ गरेको थियो ।

अपहरण गरेको आरोप लागेका खत्ताब र अपहरणमा परेको भनिएका राठी दुवै नेपाल टाइम्स मिडिया प्रालिका सञ्चालक हुन् । खत्ताबले राठीलाई आफ्नै मिडिया हाउसमा तीन साता अगाडि इन्टरभ्युका लागि भनेर बोलाएर बन्धक बनाएको र १५ लाख रुपैयाँ फिरौती लिएको भन्दै प्रहरीमा किटानी जाहेरी परेको थियो ।

घटनाको एक सातासम्म विराटनगरमा खुलेआम हिँडडुल गरेका खत्ताबलाई प्रहरीले सुरुमा पक्राउ गर्न आनाकानी गरिरहेको थियो । सामाजिक दबाब पछि मात्र उनी पक्राउ परेका थिए । अहिले पनि मुद्दा कमजोर बनाउन र प्रहरीलाई प्रभावित पार्ने प्रयत्न भइरहेको बताइएको छ ।

शुक्रबार, १५ पुष, २०७९, बिहानको ०८:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर