काठमाडौँ । नेपाली कांग्रेसका सांसदहरुले १५ दिन बराबरको पारिश्रमिक भूकम्प पीडितलाई दिने भएका छन ।

भूकम्प पीडितहरुको उद्धार, राहत र पुनर्स्थापनाका लागि संघीय संसदमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरुले सो बराबरको रकम दिने नेपाली काग्रेसले निर्णय गरेको छ ।

आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले सो निर्णय गरेको एमालेका प्रमुख सचेतक रमेश लेखकले बताए ।

यस्तै भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुख व्यक्त गरेको प्रमुख सचेतक लेखकले जानकारी दिए ।