काठमाडौं । नेपाली सेनाका १६ जना चिकित्सक र उपचारका सामग्रीसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको टोलि भुकम्प प्रभावित क्षेत्रमा गएको छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटको समयमा जाजरकोटलाई केन्द्र बनाएर ६ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

साथै प्रधानमन्त्रीले नेपाल एयरलाइन्सका जहाजबाट औषधि र पालसहितका राहत सामग्री चौरजहारी र सुर्खेत विमानस्थलमा तुरुन्तै लैजान निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी कम्तीमा ८० जनाको मृत्यु भएको छ। जाजरकोटमा ४४ र रुकुमपश्चिममा ३६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।