विराटनगर । नेकपा एमालेका नेता भीम रावलले मंगलवार एमालेले जारी गरेको घोषणापत्रमा गठबन्धनबारे प्रश्न उठाइएकोप्रति लक्षित गर्दै एमालेको साँठगाँठको पनि औचित्य नभएको बताएका छन ।
कमल थापा, राजेन्द्र लिङदेन, उपेन्द्र यादवलगायतसँग निर्वाचनमा गरिएको तालमेलका विषयमा उनले प्रश्न उठाएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन , ‘एमालेले भरखरै जारी गरेको घोषणापत्रमा ‘नीतिविहीन, उद्देश्यविहीन र गन्तव्यविहीन गठबन्धन सत्ता स्वार्थको माध्यम मात्र हो’ भन्ने भनाइ उचित हो ।
तर, कमल, राजेन्द्र, उपेन्द्र, एकनाथ र हृदयशसँग भएको साँठगाँठको औचित्य एमालेको कुनै सिद्धान्त, नीति र गन्तव्यले पुष्टि गर्दैनन् ।’