काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी कम्तीमा ८० जनाको मृत्यु भएको छ। जाजरकोटमा ४४ र रुकुमपश्चिममा ३६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीको भनाइ छ ।
दुई जिल्लामा ठूलो भौतिक क्षति पनि भएको छ । कयौं घरहरू भत्किएका छन् ।
कम्पमा परी दुई जिल्लामा १५० बढी घाइते भएका छन् । उनीहरूको उद्दार र उपचारको काम भइरहेको प्रहरीको भनाइ छ । जाजरकोटको रामी डाँडा केन्द्रविन्दु बनाएर शुक्रबार मध्यरातमा भूकम्प गएको थियो ।
शुक्रबार राति ११ बजेर ४७ मिनेटको समयमा जाजरकोटलाई केन्द्र बनाएर ६ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

