विराटनगर । भारतकाे सिक्किम गएका ईलामका ५ जना परिवारकाे सम्पर्कमा आएका छन् । उनीहरू गत असाेज १७ गतेदेखि सम्पर्कबिहीन बनेका थिए ।

इलाम नगरपालिका–९ का ३० वर्षीय लाक्पा शेर्पा, नरमाया बस्नेत, नरमायाका श्रीमान् २८ वर्षका कुमार बस्नेत र छोरी ९ वर्षीय खुसी बस्नेत सम्पर्कमा आएका छन् । यस्तै सोही ठाउँका ४० वर्षीय सेनबहादुर कार्की ‘सानु’ पनि बेपत्ता थिए । उनीहरू सबै सम्पर्कमा आएकाे ईलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद काेईरालाले जानकारी दिए । उनीहरू ईलामस्थित घर आज आईपुग्ने सेनबहादुरकी श्रीमती टीका कार्कीले बताईन् ।

उनीहरु सिक्किमको लाचेम, थम्बु तथा गोलाखर्कमा निर्माणकार्यमा ज्याला मजदुरीका लागि गएका थिए । गत असाेज १७ गते टिष्टा नदीमा आएकाे बाढी पछि उनीहरू सम्पर्कबिहीन बनेका थिए ।

नदीमा आएको बाढीले बगाएको लेदोका कारण त्यस स्थानमा पुग्न नसक्ने, टेलिफोन, विद्युत् अवरुद्ध भएको कारण कसैसँग सम्पर्क स्थापित हुनै नसक्ने अवस्था थियाे । बाढीका कारण २२ जना सैनिकसहित कम्तीमा १०५ जना हराइरहेकाे त्यहाँका संचारमाध्यामहरूले जननएका छन् ।