मौसम पूर्वानुमान

कोशीका नदिहरुमा तीन दिनसम्म पानीको बहाब बढ्ने

विराटनगर । शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण कोशी प्रदेशका ठूला नदीहरुमा अझै तीन दिनसम्म पानीको बहाव बढ्ने देखिएको छ । जलतथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाका अनुसार सप्तकोशीको चतरा क्षेत्र, तमोरको त्रिवेणाी, अरुणको सिम्लेमा तीन दिनसम्म पानीको बहाव उल्लेख्य बढ्नेछ ।

यस्तै दूधकोशीको रबुवाबजार, तामोकोशीको बुस्ती र सुनकोशीको हम्पचुवारमा नदीको बहाब सामान्य बढ्ने पूर्वानुमान शाखाले जनाएको छ । पूर्वानुमान महाशाखाले आज बिहान गरेको पूर्वानुमान अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, बबई, पश्चिम राप्ती, कमला, बाग्मती, पूर्वी राप्ती र यसका सहायक नदीहरूको बहाब सतर्कता तहभन्दा तलै र सामान्य अवस्थामा रहेको छ ।

काबेली नदीमा भने जलसतह सतर्कता तह आसपासमा रहेको जनाईको छ । आज ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, इलाम, झापा, दोलखा, लमजुङ, गोरखा भई बग्ने केही ससाना नदीहरुमा बहाब बढ्नसक्ने तथा केहीमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान गरिएको छ ।

भोलि पनि ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, भोजपुर, इलाम, झापा र आसपासका जिल्लाहरुको केही ससाना नदीहरुमा बहाब बढ्नसक्ने र केहीमा आकस्मिक बहावको जोखिम रहने पूर्वानुमान छ । यस्तै ६ गते बुधबार पनि कोशी प्रदेशको मध्यपहाडी र तराईका स–साना नदीहरूमा बहाब बढ्ने र केहीमा आकस्मिक बहाबको जोखिम रहेको पूर्वानुमान गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले तमोर र कन्काई नदीको जलसतह सतर्कता आसपास रहनसक्ने भन्दै नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

सोमबार, ०४ असार, २०८०, साँझको ०६:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर