चितवन । भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी पछिल्लो समय गैर जिम्मेवार बन्दै गएका छन् ।उपप्रमुख अधिकारीको संयोजकत्वमा रहेको न्यायिक समितिको काम छाडेर अन्य गतिविधिमा लाग्दा न्यायिक समितिमा परेका मुद्धा फर्छयौट हुन सकेका छैनन् । यसले गर्दा भरतपुरको सुशासनमा समस्या देखिन थालेको छ ।महानगरपालिकामा रहेका कर्मचारीलाई आफ्नो च्याम्बरमा बोलाएर थर्काउने, हप्काउने तथा जागिर खाईदिन्छु भन्ने धम्की दिने गरेका नाम नबताउने सर्तमा एक कर्मचारीले भने ।
उनले फरक राजनीतिक आस्था राख्ने कर्मचारीलाई काँग्रेस नबने खैरियत छैन भन्ने धम्काउने र तर्साउने पनि गर्ने गरेको तथ्य खुलेको छ । कर्मचारीहरुलाई पाटीगत रुपमा व्यवहार गर्ने गरेका छन् । अधिकारी नेपाली काँग्रेस भरतपुर महानगरपालिका सभापति समेत हुन् ।
पछिल्लो समय कुनै पनि विषयलाई गहन भएर छलफल नगर्ने र पदिय मर्यादा विपरितका कामहरु गर्नाले महानगरको माहोल नै बिग्रिएर गएको छ ।नगर कार्यपालिकाले गरेको सर्वसम्मत निर्णयलाई उल्टाउनु पर्छ भनि पछिल्लो कार्यपालिका बैठकमा अनुउपस्थित भएका छन् ।
कार्यपालिका बैठक छाडेर दलिय बैठकमा सहभागी हुँदै हिड्ने र जनप्रतिनिधिलाई कानुनले दिएको अधिकार प्रयोग गर्न छाडी दलिय निर्देशन कार्यान्वन गराउन लगाउने जस्ता कार्यहरु गर्दै आईरहेका छन् ।
भरतपुर महानगरले भरतपुर–३ स्तिथ १ विघा १० कठ्ठामा सार्वजनिक जग्गामा चित्रवन लायन्सले प्रसूति गृह संचालन गर्ने भनी २२ वर्षअघि भरतपुर महानगरसँग जग्गा लिएको र सम्झौता विपरित महानगरको सहमति बिना निर्माण गरेको बालकुमारी कलेजलाई हटाउन लामो समयदेखि अधिकारी सहमत देखिएका छैनन् । कलेजलाई हटाउने निर्णय उनी भरतपुर २१ को वडा अध्यक्ष हुँदा नै भएको थियो ।तर, अहिले उनलाई काँग्रेसबाट निर्वाचित केही वडा सदस्यले कलेज सार्न नहुने दवाव दिएसँगै आफ्नै निर्णयको विपक्षमा उभिएका छन् ।
कलेज प्रस्तावित एचए कार्यक्रम ४० जना विद्यार्थी एक महिना अघि भर्ना भएका र उक्त कार्यक्रम सिएमए कार्यक्रम अपडेट गरी सिटिईभिटीबाट एचए कार्यक्रमको अनुमति लिएको र उक्त कार्यक्रम पूर्वाधार पुग्ने जुन सुकै ठाँउमा पढाउन सकिने र स्थान्तरणको कुनै समस्या नहुने देखिन्छ ।
हाल बालकुमारी कलेजको भरतपुर–३ स्थित भवन ३२ कठ्ठा सार्वजनिक जग्गामा रहेको र हाल त्रिविअन्तर्गत १५ सय विद्यार्थी प्लस टु मा ३ सय विद्यार्थी गरी कुल १८ सय विद्यार्थी अध्ययन गरिरहेका छन् र उक्त भवनमा ४५ सयसम्म विद्यार्थी अध्ययन गराउने मिल्ने पूर्वाधार रहेको छ ।
यही कलेज स्तान्तरणको बहाना बनाउदै उपप्रमुख अधिकारीले भरतपुर महानगरमा बबण्डर मच्चाउने गरेका छन् । अनुगमन समितिका संयोजक भएपनि अनुगमनको काममा नगई बस्ने गरेका छन् । उनले निर्माण व्यवसायीसँग रकम कलम दिए जान्छु, नत्र मलाई के मतलब भनेर हाक्का हाकी भन्ने गरेको गुनासो महानगरपालिकामा आउने गरेको छ ।काममा भन्दा द्रब्यमा बढी आसक्त हुने गरेका छन् । यस्तै भरतपुरको वडा नम्बर १० का वडा अध्यक्ष परमेश्वर खनालले उनको सिको कर्मचारी र सेवाग्राहीलाई थर्काउने गरेको व्यापक गुनासो आउने गरेको छ । रकम कलम पाए मात्रै काम गर्ने भनि सेवाग्राहीकोे गुनासो आउने गरेको छ ।
उनले क्षेत्रधिकार नाघेर असम्बन्धीत संघ र प्रदेश माताहतका कार्यहरुलाई असम्बन्धीत विषयमा पत्राचार गरेर तण्डव मचाउने गरेको छन् ।उनले भरतपुर अस्पताललाई भाडा बुझाउन भन्दै कलेज अफ मेडिकल साईन्सेस् भरतपुरलाई पत्राचार गरेका थिए ।वडामा रहेका प्राविधिहरुलाई फिल्डमा स्टीमेट गर्न जानु नै पर्दैन, कार्यालयमै बसेर मैले भने बमोजिम स्टीमेट गर्नु भनेर गलत निर्देशन दिने गरेको एक प्राविधिकले जनाए।
विगतदेखि नक्कली सर्टिफिकेट विक्री गर्ने र कोभिडको नक्कली रिर्पोट बनाएर रकम असुल्ने गरेका थिए ।त्यसको प्रहरीमा उजुरी परेर छानबिन भईरहेको प्रहरी स्रोतको भनाई छ ।