काठमाडौँ । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनमा पूर्व उपाध्यक्ष भीम रावललाई नबोलाएको भन्दै कार्यकर्ताले विरोध गरेका छन् ।
उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले धनगढीमा अधिवेशनको सम्बोधन गरिरहँदा भीम रावललाई किन नबोलाएको भन्दै रावलका समर्थकले प्रश्न गरेका थिए । हल्लापछि ओलीले चुप लागेर र बसौँ त एक छिन भनेका थिए ।
रावलका समर्थक नरोकिएपछि ओलीले आफ्नो सम्बोधनलाई अघि बढाएका थिए ।
सुदूरपश्चिममा नै रहेका रावललाई एमालेले अधिवेशनमा बोलाएको थिएन । रावललाई आउन निषेध गरिएको भन्दै उनी निकटस्थहरू असन्तुष्ट बनेका छन् ।