विराटनगर । दिउँसो १ बजेको लागि बोलाइएको कोशी प्रदेशसभा बैठक झण्डै २ घण्टापछि सुरू भएको छ ।
प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यक्रम छ। मुख्यमन्त्री कार्कीले यसअघि गत भदौ २२ गते साँझ पद तथा गोपनीयताको शपथ लिएका थिए।
कार्कीले आज विश्वासको मत पाउने सम्भावना भने कमजोर छ । कोशी प्रदेशसभामा नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका चार, जसपा एक गरि बहुमत ४७ सांसद कार्कीलाई विश्वासको मत नदिने निश्चित छ । राप्रपाका ६ जना प्रदेशसभा सदस्य भएपनि तटस्थ बस्ने बताईएको छ । यस्तै अवस्था कायम रहे एमालेको ३९ मत कार्कीले पाउने छन् । जुन बहुमतका लागि पर्याप्त होईन ।