विराटनगर । युवाहरुलाई व्यावसायिक बनाई गाउँपालिकालाई समृद्धि ल्याउने उद्देश्यका साथ नासा इन्भेष्टमेन्ट प्रा. लि. विराटनगरद्वारा देवानगंज गाउँपालिकामा माेटिभेसनल कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय सिप, संस्कृति र मौलिकतामा विविधता देवानगन्ज गाउँपालिकामा समृद्धिको आवश्यकता मुल नाराकाे साथ देवानगन्जमा कार्यक्रम सम्पन्न गरेको हाे। देवानगञ्ज गाउँपालिकालाई आर्थिक समृद्धि , आर्थिक सम्पन्नता, गरिबी, वेरोजगारी , सामाजिक, संस्कृति गायपक कुरालाई मध्यनजर राख्दै कार्यक्रमकाे आयोजना गरेको नासा इन्भेष्टमेन्ट प्रा. लि. का कार्यकारी अधिकृत अरविन्द मेहताले बताए ।
`कृषि क्षेत्रमा विभिन्न सुविधा पाउन सक्छौं कागजमा मात्र होइन किसानको खेतवारीमा कृषि क्रान्ति ल्याउनु पर्छ अनि मात्र आर्थिक क्रान्ति हुनसक्छ नत्र आर्थिक क्रान्तिको सम्भव छैन’, उनले भने, `विकास समृद्धिका लागि हाम्रो मान्छे राम्रो मान्छे होइन राम्राे मान्छे हाम्रो मान्छेलाई रोज्नु पर्छ ।’
कार्यक्रम आयोजकलाई धन्यवाद दिँदै प्रमुख अतिथि देवानगञ्ज गाउँपालिका अध्यक्ष लालीप्रसाद महताेले पालिकालाई समृद्धि बनाउन भाैतिक, शिक्षा, स्वास्थ्य हरेक क्षेत्रमा अगाडि बढे मात्र समृद्धि बन्न सक्ने बताए । सुनसरीमा ६ गाउँपालिकामध्ये सिमावर्ती क्षेत्रमा रहेको देवानगञ्ज गाउँपालिका पनि एक हो । सञ्चारकर्मी र युवा सञ्जालहरुलाई सुनसरीका पालिकाहरू भ्रमण गरी मूल्यांकन गर्न पनि अध्यक्ष महताेले आग्रह गरे ।
`पढाइकाे कारण संसारको प्रायः जसो ठाउँ घुमिसकें, किताब लेखिसकें, पाएजति पद पाईसकें । यो सब म कसैको दया दृष्टी कृपाले पाएको होइन म आफ्नो योग्यता क्षमता मेहनत परिश्रमले पाएको हो । त्यसैले इमान्दारिता कायम राखी परिश्रम गरेपछि अवश्य सफलता प्राप्त हुनेछ,´ विशिष्ट अतिथी एवम् वि. पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रो. डा. रामशरण मेहताले आफ्नो अनुभव राख्दै भने, `पढ्नुपर्छ, सङ्घर्ष गर्नुपर्छ, इमान्दारी छोड्नुहुँदैन र छिटो सानो बाटो अपनाउनु हुँदैन र मेहनेत गरे जे पनि पाइन्छ ।´
पलिका भित्रका लाेक सेवा क्षेत्रमा लागेका विद्यार्थीहरूको लागि लोक सेवा पुस्तकालय स्थापनाको घोषणा गर्दै श्री कृष्ण माविका प्रधानाध्यापक उमेश प्रसाद मेहताले संस्थपक प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहता र नासा इन्भेष्टमेन्ट प्रा. लि. का कार्यकारी अधिकृत अरविन्द मेहतालाई आभार प्रकट गरे । पुस्तकालय मंसिर १ गतेदेखि श्री कृष्ण माविमा सञ्चालनमा आउनेछ । उक्त पुस्तकालयमा सरकारी सेवामा प्रवेश गर्न आवश्यक पर्ने विभिन्न प्रतियोगितात्मक परीक्षासँग सम्बन्धीत पुस्तकहरू पुस्तकालयमा उपलबध हुनेछ।
`सफलता प्राप्त गर्न विरानगर-धरान-इटहरी काठमाडौंकै विद्यालय र क्याम्पसमा पढ्न जरूरी छैन आफ्नो दक्षता र क्षमता अनुसार स्थानीय विद्यालयमा अध्ययन गरेर मेहनत र इमान्दारिता कायम राखियो भने अवस्य पनि सफलता हाँसिल हुन्छ’, लोक सेवा पुस्तकालयका संस्थापक बाबुनन्दन मेहताले भने, `डाक्टर, इन्जिनियर, सिए, राष्ट्र सेवक कर्मचारीलगायतको जनशक्ति उत्पादन गर्न देवानगञ्जका स्थानीय विद्यालयहरू नै सक्षम रहेका छन् ।´
कार्यक्रममा विशेष अतिथी रामेश्वर मेहता ( पूर्व प्र.अ.) श्री मा वि देवानगंज, बाबुनन्दन मेहता (शाखा अधिकृत ) हाल प्रमुख प्रशासकीय अधिकृत (रामप्रसाद राई गा.पा. , भोजपुर ), अशोक मेहता लेखा अधिकृत (इनरुवा नगरपालिका), अभिनन्दन यादव( प्र.अ.) श्री बाल मावि विराटनगरसहित देवानगञ्ज गाउँपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरुको उपस्थिती रहेको थियो ।