विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनबाट नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरू भएको छ ।
अहिले साँझ ५ बजेपछि गणना सुरु भएको हो । ७ स्थानबाट मतगणना सुरू भएको निर्वाचन समितिले जनाएको छ ।
मतदान सकिएको १२ घन्टापछि मतगणना सुरू भएको हो । आइतबार राति १० बजेबाट सुरु भएको मतदान विहान ५ बजे सकिएको थियो ।
अधिवेशनमा ९९७ जना प्रतिनिधि रहेकोमा ९७७ मत खसेको थियो ।अधिबेशनमा अध्यक्ष लागि मोरङका नेताहरु विनोद ढकाल र घनश्याम खतिवडा मैदानमा छन् ।
अधिवेशनबाट ५ पदाधिकारीसहित २१५ सदस्यीय समिति निर्माण हुनेछ । त्यसका लागि ४५० जनाको उम्मेदवारी परेको थियो । जसमध्ये उपाध्यक्षमा धनकुटाका टिकाराम चेम्जोङ निर्विरोध चयन भइसकेका छन् । सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामाबीच प्रतिष्पर्धा छ ।
दुई जना उपसचिवको लागि झापाकी जलवर्षा राजवंशी, मोरङका खेमराज नेपाली र खोटाङका देवान राईबीच प्रतिस्पर्धा छ ।