मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रको सम्झौता

विराटनगर । प्रदेश विपद् ब्यवस्थापन ऐन २०७५ अनुसार कोशी प्रदेश सरकारले मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र कार्यबिधि २०७९ तयार गरि लागू गरेको छ ।कार्यबिधिका आधारमा प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विभिन्न जिल्लाका स्थानीय तहहरुसँग मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र स्थापनाका लागि सम्झौता गरेको छ ।

सुनसरीका कोशी गाउँपालिका, भोक्राहा नर्सिङ गाउँपालिका र बराहक्षेत्र नगरपालिकासँग सम्झौता भएको छ । यस्तै मोरङका रङ्गेली नगरपालिका, सुनवर्षि नगरपालिका, कानेपोखरी गाउँपालिका र धनपालथान गाउँपालिका, तेह्रथुमका आठराइ गाउँपालिका र फेदाप गाउँपालिकासँग पनि सम्झौता भएको छ । मन्त्रालयका अनुसार झापाका अर्जुनधारा नगरपालिका, बुद्धशान्ति गाउँपालिका तथा कन्काइ र विर्तामोड नगरपालिकामा अघिल्लो वर्ष नै सम्झौता भएको थियो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सम्बन्धित स्थानीय तहका प्रतिनिधिको बैठकले सेवा केन्द्रको बिस्तृत परियोजना प्रतिवेदन र लागत अनुमान पनि स्वीकृत गरेको छ । प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले प्रदेश सरकारले विपद् ब्यवस्थापनलाई अत्यन्त महत्व र प्राथमिकतामा राखेर कार्य गर्ने बताएका छन् ।

बिहिबार, ०४ माघ, २०८०, साँझको ०६:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर