विराटनगर । प्रदेश प्रमुख परशुराम खापुङ अभिनन्दित भएका छन् । महिला जागृति तथा वृद्धाश्रम, बुढिगंगा १, मोरङको १५ औँ वार्षिकोत्सवको अवसरमा प्रदेश प्रमुख खापुङ अभिनन्दित भएका हुन। महिला जागृति तथा वृद्ध आश्रमका अध्यक्ष भुवनेश्वरी आचार्यले प्रमुख खापुङलाई अभिनन्दन गरेका हुन ।
त्यसैगरी समाजसेवी देवकिशन मुण्डदा, विजय सुराना, तेजेन्द्रकुमार कर्ण, फडिन्द्र थापालगायतलाई सम्मान गरिएको छ । कार्यक्रममा प्रदेश प्रमुख खापुङले सामाजिक कार्य, वृद्ध वृद्धाको सेवा नै सबैभन्दा ठुलो धर्म भएको बताए।
वृद्धा आश्रमकी अध्यक्ष भुवनेश्वरी आचार्यले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै २५ जना क्षमता भएको आश्रममा ९ जना वृद्धा रहेको, आश्रमको लागि लायन्स क्लब, पालिका र मन्त्रालयबाट विशेष सहयोग भई भवन निर्माण भइरहेको बताइन ।

