विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले आजै विश्वासको मत लिने भएका छन् ।
गठबन्धन दल माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले विश्वासको मत आजै लिने निर्णय गठबन्धनको बैठकले गरेको जानकारी दिए ।
संविधानको धारा १८८ अनुसार विश्वासको मत लिन लागिएको आङ्बोले बताए । उपसभामुख अनुपस्थित भएकोले आजको प्रदेशसभा बैठक कांग्रेस सांसद ईस्राईल मन्सुरीले सञ्चालन गर्ने भएका छन् ।