डा. सुनिल शर्माविरुद्ध अखिल क्रान्तिकारीको प्रदर्शन

विराटनगर । डा . सुनिल शर्माविरुद्ध नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ ।

संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ‘आतंककारी’ भनेपछि अखिल क्रान्तिकारीले प्रदर्शन गरेको हो । सोमवार संसद्‌मा बोल्ने क्रममा शर्माले प्रधानमन्त्रीलाई आतंककारीको नेतृत्व गर्नुहुन्छ कि कसको ?’ भन्दै प्रश्न गरेका थिए ।

यसविरुद्ध क्रान्तिकारीले मंगलवार माइतीघरमा प्रदर्शन गरेको हो । उनीहरूले शर्मालाई कारवाहीको माग गरेका छन् । शर्मा मोरङ क्षेत्र नम्बर ३का सांसद हुन । शर्मा माथि नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा छ ।

मङ्गलबार, ३० साउन, २०८०, साँझको ०५:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर