मई दिवशमा मुख्यमन्त्रीद्वारा शुभकामना व्यक्त

विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली समाजको परिवर्तनका लागि श्रमजीवी वर्गले पु¥याएको योगदान स्मरण गरेका छन् । मुख्यमन्त्री कार्कीले १३४ औं विश्व मजदुर दिवस (अन्तर्राष्ट्रिय श्रमिक दिवस)को अवसरमा’ एक सन्देश प्रकाशित गरी सम्पूर्ण श्रमजीवीहरुलाई शुभकामना दिएका हुन् ।

श्रमिजीवी नेपालीहरुमा सुख, शान्ति र समृद्धिको कामना गदै मुख्यमन्त्रीले नेपाली श्रमिक र तिनका प्रतिनिधि टे«ड युनियनहरुलाई श्रमिकहरुको हकहित संरक्षणका निम्ति संगठित र एकतावद्ध भएर अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

नेपालको संविधानमा श्रम सम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको, श्रमजीवी वर्गको अधिकार कार्यान्वयन गर्न श्रम ऐन, २०७४ र सामाजिक सुरक्षा ऐन २०७५ लगायतका कानुन निर्माण गरी श्रमिक वर्गको हितमा सरकार प्रतिवद्ध रहेको पनि सन्देशमा स्मरण गर्दै कानुन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको सन्देशमा उल्लेख छ ।

आफ्नो अधिकारको माग गर्दै अमेरिकाको शिकागो शहरमा मजदुरहरुले गरेको प्रदर्शनका क्रममा ज्यान गुमाएका श्रमिकहरुको संझनास्वरुप सन् १८८९ को मे १ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो । आजको दिनलाई विश्वभरीका मजदुर तथा श्रमजीवी वर्गले आफ्नो आन्दोलनको महत्वपूर्ण उपलब्धि– ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनलगायतका आधारभूत हकअधिकार प्राप्तिको दिनको रुपमा मनाइने गरिएको छ ।

सोमबार, १८ बैशाख, २०८०, बिहानको ०७:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर