विराटनगर । भोजपुर विमानस्थलमा नयाँ टर्मिनल भवनको शिलान्यास गरिएको छ । एक कार्यक्रमका विच संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शुक्रवार टर्मिनल भवनको शिलान्यास गरेका हुन्।

टर्मिलन भवन नेपाल सरकारको भ्याटसहित रु पाँच करोड ४५ लाख लागतमा निर्माण हुने जनाइएको छ ।

करिब एक रोपनी पाँच आना क्षेत्रफलमा निर्माण हुन लागेको टर्मिलन भवन डेढ वर्षभित्र निर्माण हुने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिए ।

भवनमा निर्माणको जिम्मा आरवी अर्वन बिल्डर्स एन्ड सप्लायर्स कम्पनीले पाएको छ । करिब एक सय ३२ रोपनी क्षेत्रमा फैलिएको टक्सार विमानस्थल विस ३०३५ साल देखी सञ्चालनमा आएको छ । भोजपुर मन्त्री किरातीको गृह जिल्ला पनि हो ।