जनतालाई नतिजा चाहिएको छ : मन्त्री मोदी

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले जनतालाई लम्बेतान प्रक्रिया नभई नतिजा चाहिएको बताएका छन । उनले लम्बेतान निर्णय प्रक्रियाले देश नबन्ने समेत बताएका छन्।

सोमबार मन्त्रालयले आयोजना गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री मोदीले नियर्णयका लागि अपनाइने लम्बेतान प्रक्रियाभन्दा देशले नतिजा खोजिरहेको बताएका छन । ‘एउटा ऐन बनाउन वर्षौवर्ष लाग्ने हाम्रो लम्बेतान निर्णय प्रक्रिया छ। यस्तो लम्बेतान प्रक्रियाले हुँदैन। जनतालाई लम्बेतान प्रक्रिया होइन, नतिजा चाहिएको छ ’ उनले भने ।

राष्ट्रिय निजामती सेवा ऐन ल्याउने प्रक्रियामा भइरहेको लम्बेतान निर्णय प्रक्रियाको उदाहरण दिँदै उनले भने, ‘मन्त्रालयले ऐन बनाएपछि कानुन र अर्थमा सहमतिका लागि पठाउने, सहमति प्राप्त भएपछि समितिमा पठाउने, त्यसपछि मन्त्रिपरिषद्मा पठाउने अनि संसदमा लैजाने। यस्तो लम्बेतान प्रक्रियाले हामी चाडो नतिजा दिन नसक्ने ठाउँमा छौँ।

मन्त्री मोदीले कानुन व्यक्तिगत स्वार्थका लागि नभई देश र जनताको आवश्यकतालाई सम्बोधन गर्नका बनाउनुपर्ने धारणा समेत राखे।

मन्त्रालयले अहिले सुशासन कायम गर्ने सिलसिलामा सिंहदरबार वरीपरी रहेका कर्मचारीलाई स्थानीय तहमा सरुवा गर्न थालेको पनि उनले बताए।

सोमबार, २२ साउन, २०८०, साँझको ०५:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर