१०० केजी सुन प्रकरण भन्सार अधिकृत चन्द सहित ६ जना पक्राउ

काठमाडौँ । १०० केजी सुन प्रकरण भन्सारका अधिकृतसहित ६ जना प्रकाउ परेका छन्। भन्सारका अधिकृत सन्तोष चन्द सहित ६ जना पक्राउ परेका हुन ।

राजस्व अनुसन्धान विभागले चन्दसहित ३ जना कर्मचारी र ३ जना एजेन्ट पक्राउ गरेको हो। खरिदार तथा जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ पक्राउ परेका हुन्।

आइतबार उनीहरू पक्राउ परेसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ।

आइतबार भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा प्रकाउ परेका हुन्।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर ट्याक्सीमा राखेर लैजान लागेको करिब १०० किलो सुन राजस्व अनुसन्धान टोलीले बरामद गरेको थियो।

आइतबार, ०७ साउन, २०८०, साँझको ०६:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर